काठमाडौं । उद्योेग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकोे जिम्मा जनमत पार्टीले पाएको छ । सोमबार दिउँसो नयाँ बानेश्वरमा बसेको सत्ता साझेदार दलहरुको बैठकले उद्योग मन्त्रालय जनमत पार्टीलाई दिने निर्णय गरेको हो ।
६ जना सांसद रहेको दलको नेतृत्व गर्दै पार्टीका उपाध्यक्ष अब्दुल खानले गर्नेछन् ।
नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज अपराह्न प्रधानमन्त्रीको शपथ लिँदैछन् । आज नै सानो आकारको मन्त्रिमण्डल बनाउने प्रचण्डको तयारी छ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका नवनियुक्त प्रधानमन्त्री दाहाललाई प्रतिनिधिसभाको एक सय ६९ सांसदको समर्थन छ ।