काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयको दावी गरेको छ । सो पार्टीका सभापति रवि लामिछानेले उप्रधानमन्त्रीसहित गृह मन्त्रालयको दावी गरेका हुन् । उनले गृह नभए उप्रधानमन्त्रीसहित भौतिक मन्त्रालय दिनुपर्ने अडान राखेको बुझिएको छ ।
यसवाहेक श्रम र बाँकी दुई मन्त्रालय गरी तीन मन्त्रालयको दावी गरेका छन् । यस्तै, उपसभामुखमा पनि रास्वपाको दावी रहेको बुझिएको छ । सभामुख भने नेकपा एमालेले लिने भएको छ । राष्ट्रपति पनि एमालेबाट नै बन्ने निश्चित भएको छ ।