विष्णु पौडेलको नेतृत्वमा एमाले सरकारमा जाने

<p>काठमाडौं । नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा जाने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि पौडेलको नेतृत्वमा एमाले सरकारमा जान लागेको हो । सोमबार अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा बसेको केही पदाधिकारीसहितको बैठकले आफ्नोतर्फबाट सरकारको नेतृत्व विष्णु पौडेलले गर्ने निर्णय लिएको हो । एमालेले सात दलीय गठबन्धनमा [&hellip;]</p>

काठमाडौं । नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा जाने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि पौडेलको नेतृत्वमा एमाले सरकारमा जान लागेको हो ।

सोमबार अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा बसेको केही पदाधिकारीसहितको बैठकले आफ्नोतर्फबाट सरकारको नेतृत्व विष्णु पौडेलले गर्ने निर्णय लिएको हो ।

एमालेले सात दलीय गठबन्धनमा ६ वटा मन्त्रालय पाउने तय भएको छ । पौडेलले गृह वा अर्थमन्त्रालय लिन सक्ने जनाईएको छ ।

माओवादीले प्रधानमन्त्री पाएपछि अर्थमन्त्री एमालेले पाउने सम्भावना बढी भएको छ । यसअघि पनि अर्थमन्त्री बनिसकेका उनी अहिले अर्थमन्त्रीका लागि बलियो दावेदार हुन् । अर्थमन्त्री हुँदा पनि उनी खासै विवादमा आएका थिएनन् । बरु उनको कार्यकाल सेयर बजारका लागि सुखद बन्यो भने उद्योगी व्यवसायीले पनि राहत पाएका थिए ।

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ उपप्रधानमन्त्री बन्ने भएका हुन ।

पहिलो चरणको मन्त्रिमण्डलमा श्रेष्ठ उपप्रधानमन्त्रीसहित सहभागी हुने माओवादी नेता हरिबोल गजुरेलले जानकारी दिए । उनका अनुसार मन्त्रिमण्डलमा श्रेष्ठ सहभागी भएपनि मन्त्रालयको टुंगो लागिसकेको छैन् ।

श्रेष्ठ हाल राष्ट्रिय सभाका सदस्य रहेका छन् । श्रेष्ठले यसअघि परराष्ट्र मन्त्रालय सम्हालिसकेका छन् ।

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज अपराह्न प्रधानमन्त्रीको शपथ लिँदैछन् । आज नै सानो आकारको मन्त्रिमण्डल बनाउने प्रचण्डको तयारी छ ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका नवनियुक्त प्रधानमन्त्री दाहाललाई प्रतिनिधिसभाको एक सय ६९ सांसदको समर्थन छ ।

Share News