नेफाको २२ औं वाषिर्क साधारण सभा तथा निर्वाचन सम्पन्न

<p>काठमाडाैं ।  नेपाली कार्गो व्यवसायीहरुको राष्ट्रिय संस्था नेपाल फ्रेट फरवार्रडस् एशोसिएसन (नेफा) को २२ औं वाषिर्क साधारण सभा तथा निर्वाचन सम्पन्न भएकाे छ । पुस ८ गते शुक्रबार सम्पन्न सभाबाट मनोज अधिकारीको अध्यक्षतामा २ वर्षे कार्यकालका लागि १५ सदसीय कार्यकारिणी समिति निर्विरोध निर्वािचत भएका हुन् । संघको नवनिर्वाचित कार्यकारिणी समितिमा अध्यक्ष मनोज अधिकारी, निवर्तमान अध्यक्ष [&hellip;]</p>

काठमाडाैं ।  नेपाली कार्गो व्यवसायीहरुको राष्ट्रिय संस्था नेपाल फ्रेट फरवार्रडस् एशोसिएसन (नेफा) को २२ औं वाषिर्क साधारण सभा तथा निर्वाचन सम्पन्न भएकाे छ ।

पुस ८ गते शुक्रबार सम्पन्न सभाबाट मनोज अधिकारीको अध्यक्षतामा २ वर्षे कार्यकालका लागि १५ सदसीय कार्यकारिणी समिति निर्विरोध निर्वािचत भएका हुन् ।

संघको नवनिर्वाचित कार्यकारिणी समितिमा अध्यक्ष मनोज अधिकारी, निवर्तमान अध्यक्ष प्रकाश सिंह कार्की, वरिष्ठ उपाध्यक्ष राजेन्द्र संग्रौला, उपाध्यक्ष नरेश कूमार अग्रवाल, महासचिव अशोक मान कपाली, कोषाध्यक्ष हरि प्रसाद काल, सचिव ईश्वर बहादूर गूरूङ, सहकोषाध्यक्ष सूजन कूमार न्यौपाने तथा कार्यकारिणी समिति सदस्यमा प्रनिल मान सिंह प्रधान, संजिव अयार्ल ,  सीता अधिकारी, सहदेव बञ्जारा, मनिष मान श्रेष्ठ,  गंगा राम पूडासैनी र  गंगा बहादूर राया निर्विरोध निर्वाचित भएका हुन् ।

कार्यक्रममा संघका अध्यक्ष मनोज अधिकारीले उपस्थित महानूभावहरुलाई स्वागत गर्दै नेपाली लोजिस्टिकको प्रवर्धन, काेभिडकाे आक्रान्त समयमा पनि नेपाली आयात निर्यातलाई चलायमान बनाउन संघ तथा संघका सदस्य फ्रेट फरवार्डरसहरुको भूमिका तथा यस व्यवसायमा टिडियसबाट परेको समस्या बारे जानकारी दिए ।

नेपालको निकासी पैठारी व्यापारमा सहजीकरण तथा नेपाली व्यवसाय विकासका लागि संघ तथा संघका सदस्यहरुबाट निर्वाह गरेको भुमिकालाई कदर गर्दै संघलाई नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स , नेपाल हस्तकला महासंघ, नेपाल निर्यात परिषद द्वारा बस्तुगत तर्फ उत्कृष्ट संघको अवार्डबाट बिभुषित गरेकाे उनले बताए ।

कार्यक्रममा संघका संस्थापक अध्यक्ष रविन्द्र मान सिंह प्रधान, निवर्तमान अध्यक्ष प्रकाश सिंह कार्की, वरिष्ठ उपाध्यक्ष राजेन्द्र संग्रौला ले मन्तव्य व्यक्त गरेका थिए । संघका महासचिव अशोक मान कपाली तथा कोषाध्यक्ष हरि प्रसाद (काल) ले क्रमश वार्षिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन सभामा प्रस्तूत गरेका थिए ।

Share News