को बन्ला प्रचण्ड नेतृत्व सरकारको अर्थमन्त्री ? यी हुन् सम्भावित पात्र

<p>काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नयाँ गठबन्धनको सरकार निर्माण हुने भएको छ । दोस्रो ठूलो दल नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नेपाल उन्मुक्ती पार्टी सहभागी हुने सरकारको नेतृत्व  प्रचण्डले गर्ने पक्का भइसकेको छ । राष्ट्रपति कार्यालयले उनलाई प्रधानमन्त्रीका रुपमा नियुक्त [&hellip;]</p>

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नयाँ गठबन्धनको सरकार निर्माण हुने भएको छ । दोस्रो ठूलो दल नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नेपाल उन्मुक्ती पार्टी सहभागी हुने सरकारको नेतृत्व  प्रचण्डले गर्ने पक्का भइसकेको छ । राष्ट्रपति कार्यालयले उनलाई प्रधानमन्त्रीका रुपमा नियुक्त पनि गरिसकेको छ ।

प्रधानमन्त्रीका लागि प्रचण्डको दावी पेश भएपछि राष्ट्रपति कार्यालयले उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेको हो । राष्ट्रपतिले विद्या देवी भण्डारीले प्रधानमन्त्रीका लागि सात दिनभित्र दावी पेस गर्न दिएको समयसीमा भित्र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दावी पेश गरेका थिए ।

प्रचण्डले १६९ सांसदसहित राष्ट्रपति कार्यालयमा दावी पेस गरेपछि प्रक्रिया पुर्याएर नयाँ प्रधानमन्त्रीमा प्रचण्डलाई नियुक्त गरिएको हो । प्रचण्ड प्रधानमन्त्री बनेपछि अब उनी नेतृत्वको सरकारको अर्थमन्त्री को बन्ला भन्ने विषयलाई पनि सबैले चासोका रुपमा हेरेका छन् ।

अहिले एक किसिमको संकटमा रहेको अर्थतन्त्रलाई सहज बाटोमा लग्नको लागि अर्थमन्त्रीको भूमीका महत्वपूर्ण हुन्छ । त्यसैले पनि उद्योगी व्यवसायीदेखि सर्वसाधारणले पनि अर्थमन्त्री को बन्ला भन्ने विषयलाई प्राथमिकताका साथ हेरेका छन् ।

सरकारमा मुख्य साझेदार रहेका एमाले र माओवादीबाट आगामी अर्थमन्त्रीको लागि तयार रहेका धेरै  सम्भावित पात्रहरु देखिएका छन् । तर, एमाले र माओवादीबाट अर्थमन्त्री बन्दा केपी शर्मा ओली वा प्रचण्डको विश्वासपात्र मध्येबाट बन्ने निश्चित छ । यसअघि एमालेमा अर्थमन्त्रीको लागि मुख्य दाबेदारको रुपमा रुपन्देहीबाट सांसदमा निर्वाचित भएका एमाले उपाध्यक्ष विष्णु पौडेल देखिएका छन् ।

यसअघि पनि अर्थमन्त्री बनिसकेका उनी अहिले अर्थमन्त्रीका लागि बलियो दावेदार हुन् । अर्थमन्त्री हुँदा पनि उनी खासै विवादमा आएका थिएनन् । बरु उनको कार्यकाल सेयर बजारका लागि सुखद बन्यो भने उद्योगी व्यवसायीले पनि राहत पाएका थिए ।

अर्थमन्त्रीका लागि माओवादी केन्द्रबाट वर्षमान पुन पनि बलियो दावेदारका रुपमा देखिएका छन् । तर, प्रधानमन्त्री माओवादीले पाएपछि अर्थमन्त्री एमालेले पाउने सम्भावना झन बलियो छ ।

यस्तै, २० सासंदसहित सरकारमा जान लागेको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि अर्थमन्त्रीका लागि दावी गर्न सक्छ । सो पार्टीबाट सेयर बजारका लगानीकर्ता समेत रहेका हरि ढकालले दावी गर्न सक्छन् । पहिलो पटक संसदमा प्रवेश गरेका ढकाललाई खासै नीति निर्माणमा अनुभव नभएको कारण पनि उनले अर्थमन्त्री पाउने सम्भावना भने न्यून छ ।

यसअघि काँग्रेससँग गठबन्धन भइरहेको बेला कांग्रेस–माओवादीको सरकार बनेको अवस्थामा नवलपरासीबाट चुनाव जितेका कांग्रेस नेता तथा अर्बपति विनोद चौधरी, कांग्रेस नेताहरू ज्ञानेन्द्रबहादुर कार्की, प्रकाशशरण महत र माओवादीबाट अहिलेकै अर्थमन्त्री जनादर्शन शर्मा, वर्षमान पुन र एकीकृत समाजवादीबाट प्रकाश ज्वालाले अर्थमन्त्रीका लागि लविङ गरिरहेका थिए । तर, अब काँग्रेसको च्याप्टर क्लोज भइसकेको छ ।

Share News