
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी हुने भएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष ‘प्रचण्ड’लाई प्रधानमन्त्रीमा समर्थन गर्दै रास्वपा सरकारमा सहभागी हुने पार्टीका प्रवक्ता मुकुल ढकालले सञ्चारमाध्यमलाई प्रतिक्रिया दिएका छन् ।
प्रवक्ता ढकालका अनुसार मन्त्रालयको विषयमा भने सहमति हुन बाँकी रहेको र भोलीसम्म सहमति हुने उनले बताएका छन् ।