बालकोटमा चार दलको बैठक

<p>काठमाडौं । बालकोटमा चार दलको बैठक सुरु भएको छ । एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको बैठक सुरु भएको हो । बालुवाटारबाट बाहिरिएका  माओवादी अध्यक्ष पुष्पकमल दाहाल बालकोट पुगेपछि चार दलको बैठक सुरु भएको हो । दाहाल अघि राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पनि [&hellip;]</p>

काठमाडौं । बालकोटमा चार दलको बैठक सुरु भएको छ । एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको बैठक सुरु भएको हो ।

बालुवाटारबाट बाहिरिएका  माओवादी अध्यक्ष पुष्पकमल दाहाल बालकोट पुगेपछि चार दलको बैठक सुरु भएको हो । दाहाल अघि राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पनि बालकोट पुगे थिए ।

अहिले लिङ्देन निस्किएका छन् भने जनता समाजवादी पार्टीका नेता अशोककुमार राई पनि बालकोट पुगेका छन् । एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष दाहाल, रास्वपाका अध्यक्ष लामिछाने र जसपाका नेता राईसहित शीर्ष नेताहरुबीच छलफल भइरहेको छ ।

Share News