काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बालकोट पुगेका छन् ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट गर्नका लागि तीन दलका नेताहरु बालकोट पुगेका हुन । सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सकिनै लाग्दा तीन राजनीतिक दलका नेता र ओलीबीच भेट भएको हो ।
आइतबार बिहान बसेको सत्तारुढ गठबन्धनकोे बैठकमा कुरा नमिलेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ बैठक छोडेर बाहिरिएका थिए । बैठक छोडेर बालुवाटारबाट लञ्ज ब्रेक’ का लागि आफ्नोे निवास खुमलटार पुुगेका प्रचण्ड माओवादीका नेताहरुसँग छलफल गरेर बालकोट लागेका हुन ।