भाट–भटेनीमा नेपाल पे क्युआरबाट भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक पाइने

<p>काठमाडौं । भाट–भटेनी सुपरमार्केटका ग्राहकहरूले अब नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम एक सय रुपैयाँसम्म) क्यासब्याक प्राप्त गर्न सक्ने भएका छन् । क्यासब्याक अफर नेपाल भरीका भाटभटेनीका शाखाहरूमा पुष १० देखि माघ १० गतेसम्म उपलब्ध हुनेछ । डाइनामिक क्युआरको रुपमा हालै उक्त डिपार्ट्मेन्ट स्टोरमा उपलब्ध नेपाल पे क्युआरमा ग्राहकले आफ्नो मोबाइल बैंकिङ वा वालेट [&hellip;]</p>

काठमाडौं । भाट–भटेनी सुपरमार्केटका ग्राहकहरूले अब नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम एक सय रुपैयाँसम्म) क्यासब्याक प्राप्त गर्न सक्ने भएका छन् ।

क्यासब्याक अफर नेपाल भरीका भाटभटेनीका शाखाहरूमा पुष १० देखि माघ १० गतेसम्म उपलब्ध हुनेछ ।

डाइनामिक क्युआरको रुपमा हालै उक्त डिपार्ट्मेन्ट स्टोरमा उपलब्ध नेपाल पे क्युआरमा ग्राहकले आफ्नो मोबाइल बैंकिङ वा वालेट वा कनेक्ट आइपिएस मोबाइल एपबाट सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्दछन् ।

भाट–भटेनीमा नेपाल पे क्युआरको सेवा माछापुच्छ्रे बैंक, हिमालयन बैंक तथा मोको फोकसवान् सोलुसन्स्को सहकार्यमा सुरू गरिएको हो।

हाल नेपाल पे क्युआरको सुविधा एभरेष्ट बैंक, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, एनआइसी एशिया, सानिमा बैंक, सनराइज बैंक, कामना सेवा बिकास बैंक, गुडविल फाइनान्स, आइसिएफसी फाइनान्स, समृद्धि फाइनान्स, सेल पे मोरु र कनेक्ट आइपिएस मोबाइल एपमा उपलब्ध रहेको छ भने अन्य बैंक वित्तीय संस्थामा पनि चाँडै नै उपलब्ध हुने छ।

भुक्तानी गर्न ग्राहकले आफ्नो मोबाइल बैंकिङ वा वालेट एपको क्युआर स्क्यान स्क्रिनमा नेपाल पेको लोगो रहेको यकिन गर्नुपर्ने हुन्छ।

Share News