
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ केजीभन्दा बढी सुन बरामद गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट शुक्रबार १९ केजी भन्दा बढी सुन बरामद भएको प्रहरीले जनाएको छ ।
त्रिभुवन विमानस्थाल सुरक्षा प्रमुख डिआइजी श्याम लाल ज्ञवालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ केजी सुन बरामद भएको जानकारी दिए । उक्त सुन सुडानी नागरिकले नेपालमा ल्याएको खुलेको छ ।
२१ वर्षीय सुडानी नागरिक दुबईको उडानबाट नेपाल आएका हुन् । १९ केजीभन्दा बढी सुनसहित उनलाई पक्राउ गरिएको हो ।