
काठमाडौं । बागबजार एरियालाई मध्य नजर गर्दै काठमाडौं महानगरपालिकाले सिटी मार्केटमा पार्किङको व्यवस्था गरेको छ । महानगरपालिकाले वडा नं. २८ बागबजार एरियामा रहेको अव्यवस्थित सवारीको पार्किङलाई लक्षित गर्दै सिटी मार्केटको भुईँ तल्लामा पार्किङको व्यवस्था मिलाएको हो ।
महानगरपालिकाका अनुसार अबदेखि पुरानो बसपार्क स्थित सिटी मार्केटमाको भुईँ तलामा निःशुल्क पार्किङ गर्न सक्ने छन् । पार्किङको विषयलाई लिएर स्थानीयले बेला-बेला आन्दोलन तथा विरोध समेत गर्दै आएका थिए ।