भाइबुहारीद्वारा घरबाट निकालिका व्यक्तिको महेन्द्र पुलिस क्लव नजिकै निधन

<p>काठमाडौं । शुक्रबार विहान महेन्द्र पुलिस क्लावको पछाडि अद्धैत मार्गमा एक वृद्ध मानिस मृत अवस्थामा फेला परेका छन् । स्थानीयका अनुसार उनी विगत केही समय सोही स्थानमा सडक पेटीमा सुत्दै आएका थिए । उनको घर भक्तपुर जिल्लाको सल्लाघारीमा भएको बताइएको छ । स्थानीयका अनुसार उनको नाम महेन्द्र बैंजु हो । तर आधिकारिक रुपमा उनको नाम [&hellip;]</p>

काठमाडौं । शुक्रबार विहान महेन्द्र पुलिस क्लावको पछाडि अद्धैत मार्गमा एक वृद्ध मानिस मृत अवस्थामा फेला परेका छन् ।

स्थानीयका अनुसार उनी विगत केही समय सोही स्थानमा सडक पेटीमा सुत्दै आएका थिए ।

उनको घर भक्तपुर जिल्लाको सल्लाघारीमा भएको बताइएको छ । स्थानीयका अनुसार उनको नाम महेन्द्र बैंजु हो । तर आधिकारिक रुपमा उनको नाम पुष्टि हुन बाँकी रहेको प्रहरी जवान मनोज आलेले बताए ।

स्थानीयका अनुसार उनले आफूलाई भाइबुहारीले घरबाट निकालेकोले सडकपेटीमा बस्न बाध्य भएको बताउँदै आएका थिए ।

उनले भक्तपुरमा घरसहित ७ रोपनी जग्गा भएको लालपुर्जको फोटोकपी पनि देखाएका थिए । उक्त जग्गा बेच्ने उनको चाहान थियो ।

‘७ रोपनी जग्गा बेचाउन सके कमिशन दिन्छु भन्थे । सडकमा सुत्दै आएका मान्छेको जग्गा बेचेर के कमिशन लिनु भनेर मैले प्रयास नै गरिन’ उनको मृत्युसँगै जमघट भएका स्थानीय मध्ये एकले भीडलाई सुनाए ।

पछिल्लो समय उनी रक्सी पिएर सडकमा ढलिरहेका हुन्थ्ये । रक्सी र चिसोले उनको ज्यान गएको हुन सक्ने स्थानीयको भनाई छ ।

मृतकको पूणर् विवरण संकलन गर्ने काम भइरहेको प्रहरी जवान मनोज आलेले बताए । आफन्तहरु सम्पर्कमा नआएको अवस्थामा वेवारिस सवलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल बुझाइने उनले बताए ।

Share News