काठमाडाैं । काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंसिर महिनामा ६० वटा सवारी चालक अनुमति पत्र(लाइसेन्स)लाई निलम्बनको लागि यातायात व्यवस्था विभाग पठाएको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नु पर्ने सर्त तथा नियमहरू पाँच ९५० पटकभन्दा बढी उल्लंघन गरेको पाइएकोले लाइसेन्स निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
निलम्बनका लागि पठाईएका सबै भन्दा धेरै कारवाहीमा १ जना ४४ पटक , ३५ पटक कारवाही १ जना , २४ पटक परेका ३ जना , १४ पटक परेका १ जना , १२ पटक परेका ७ जना ,७ पटक परेका २ जना र ६ पटक कारवाहीमा परेका ४५ जना गरी जम्मा ६० जनाका सवारी चालक अनुमति पत्र निलम्बनको लागि यातायात व्यवस्था विभाग पठाएको हो ।
ट्राफिका नियम उल्लघंन गरीरहने चालकहरु बाट नै सवारी दुर्घटना भएको तथ्याङकले समेत देखाएको भट्टले बताए । ‘सवारी दुर्घटनामा परेका अधिकांश सवारी चालक यस अघि पनि पटक पटक कारवाहीमा परेको पाइएकाे छ,’ उनले भने ।