स्थिर सरकार नहुँदा विदेशी लगानी भित्र्याउने वातावरण भएन : दिपक मलहोत्रा

<p>काठमाडौं । नेपाल चेम्बर अफ कर्मसका उपाध्यक्ष दिपक मलहोत्राले मुलुकमा स्थिर सरकार नहुँदा विदेशी लगानी भित्र्याउने वातावरण नभएको बताएका छन् । बिहीबार काठमाडौं भएको आइपीडिएफको कार्यक्रममा बोल्दै उपाध्यक्ष मलहोत्राले नेपालमा विदेशी लगानी भित्र्याउने वातावरण बनाउनको लागि स्थिर सरकार आवश्यक रहेको बताएका हुन् । उनले पाँच वर्ष अघि स्थिर सरकार बनेर लगानीको वातावरण बन्ने आश गरेपनि [&hellip;]</p>

काठमाडौं । नेपाल चेम्बर अफ कर्मसका उपाध्यक्ष दिपक मलहोत्राले मुलुकमा स्थिर सरकार नहुँदा विदेशी लगानी भित्र्याउने वातावरण नभएको बताएका छन् ।

बिहीबार काठमाडौं भएको आइपीडिएफको कार्यक्रममा बोल्दै उपाध्यक्ष मलहोत्राले नेपालमा विदेशी लगानी भित्र्याउने वातावरण बनाउनको लागि स्थिर सरकार आवश्यक रहेको बताएका हुन् ।

उनले पाँच वर्ष अघि स्थिर सरकार बनेर लगानीको वातावरण बन्ने आश गरेपनि सफल हुन नसकेको बताए ।

‘अन्तर्राष्ट्रिय देशहरुमा विदेशी लगानी ल्याउन सहज भएपनि सानो देशमा विदेशी लगानी ल्याउँदासमेत समस्याको चाङ आइपर्छ, अब बन्ने सरकारले विदेशमा गएको युवा जनशक्तिलाई नेपालमा कसरी फर्काउने र उद्योगधन्दा बढाएर रोजगारी कसरी दिने भन्ने विषयमा ध्यान दिनुपर्छ,’ उनले भने ।

त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य अजय सुमार्गीले निजी क्षेत्रलाई विदेशी लगानी ल्याउन भनेपनि सरकारको नीति बाधक बनेको बताए । नेपाल राष्ट्र बैंकले स्वीकृत नदिएसम्म कुनैपनि देशको लगानी नेपालमा नआउने उनी बताउँछन् ।

‘देशले नीतिहरु ठूलो ल्याउने तर काम सानो गर्नुपर्ने अवस्था छ, नेपालमा उद्योगधन्दाहरु खोल्ने ठूलो सम्भवना भएपनि नीतिगत कारणले खोले पनि चल्न नसक्ने अवस्था रहेको छ,’ उनले भने ।

Share News