सहकारीमा देखिएको समस्या सुधार नभएसम्म अर्थतन्त्र चलायमान हुँदैन : सचिव रेग्मी

<p>काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सहकारीमा देखिएको समस्या सुधार नगरेसम्म सरकारले चाहेको जस्तो अर्थतन्त्रलाई चलायमान गराउन चुनौति रहेको बताएका छन् । बिहीबार मन्त्रालयमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले प्रकाशित गरेको सहकारी सुशासन बुलेटिनको विमोचन कार्यक्रममा बोल्दै सचिव रेग्मीले यस्तो बताएका हुन् । उनले सहकारीहरुको संस्कृति बिना सहकारीमा देखिने [&hellip;]</p>

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सहकारीमा देखिएको समस्या सुधार नगरेसम्म सरकारले चाहेको जस्तो अर्थतन्त्रलाई चलायमान गराउन चुनौति रहेको बताएका छन् ।

बिहीबार मन्त्रालयमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले प्रकाशित गरेको सहकारी सुशासन बुलेटिनको विमोचन कार्यक्रममा बोल्दै सचिव रेग्मीले यस्तो बताएका हुन् ।

उनले सहकारीहरुको संस्कृति बिना सहकारीमा देखिने समस्या निराकरण गर्न र सहकारीमा देखिएको समस्या सुधार नगरेसम्म सरकारले चाहेको जस्तो अर्थतन्त्रलाई चलायमान गराउन चुनौति रहेको बताए । सहकारी तथा सरोकारवाला निकायहरु कम्फर्ट जोनमा बसेर सहकारीहरुको प्रगति नहुने उनको भनाइ छ ।

ुसहकारीलाई प्रोत्साहन, विस्तार, नियमन र अन्तर निकायहरुसँग समन्वय कसले गर्ने विषयमा यकिन हुन आवश्यक छ, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हट आइरनको रुपमा समस्याग्रस्त सहकारी व्यवस्थापन गर्नुपर्छ, अब समितिलाई देखेर गलत काम गर्ने सहकारी त्रासको वातावरण बनाएर तर्सन सक्नुपर्छ,ु उनले भने।

यस्तै, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले प्रचलनमा रहेका सहकारी सम्बन्धी ऐन र कानूनहरु पुराना भएकाले यसलाई समयानुकुल बनाउन आवश्यक रहेको बताए । उनले स्थानीय सरकारले पनि सहकारी ऐन बनाउने प्रवाधान रहेता पनि नियमन कसले गर्ने अन्योल रहेको बताए ।

अहिले चलिरहेको सहकारी ऐनलाई थप परिमार्जन गरी समय अनकुलको कानूनी बनाउन आवश्यक रहेको उनको धारणा छ ।

Share News