सोलुखुम्बुवासीलाई सुधारिएको फलामे चुलो

<p>सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–८ केरुङका २३ घरधुरीलाई सुधारिएको फलामको चुलो वितरण गरिएको छ । पिके फाउण्डेशनका सचिव बुद्धसिङ तामाङ र समाजसेवी सुकमान तामाङले बुधबार त्यहाँका २३ घरधुरीलाई एक/एक थान फलामे चुलो वितरण गरेका हुन् । फलामे चुलोमा दाउराको खपत कम हुनाका साथै धुवाँको मात्रा कम हुने वडाअध्यक्ष पासाङ कट्वालले बताए । यस्ता चुलोको प्रयोगले [&hellip;]</p>

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–८ केरुङका २३ घरधुरीलाई सुधारिएको फलामको चुलो वितरण गरिएको छ । पिके फाउण्डेशनका सचिव बुद्धसिङ तामाङ र समाजसेवी सुकमान तामाङले बुधबार त्यहाँका २३ घरधुरीलाई एक/एक थान फलामे चुलो वितरण गरेका हुन् ।

फलामे चुलोमा दाउराको खपत कम हुनाका साथै धुवाँको मात्रा कम हुने वडाअध्यक्ष पासाङ कट्वालले बताए । यस्ता चुलोको प्रयोगले वनजङ्गल संरक्षण र वायु प्रदूषण नियन्त्रणमा समेत टेवा पुग्ने उनको भनाइ थियो ।

सुधारिएको फलामे चुलोलाई ढुङ्गा माटोबाट बनेको चुलो जस्तो लिपपोत गर्न नपर्ने भएकाले गृहिणीहरुलाई सहज भएको छ । फलामे चुलो पाएसँगै केरुङवासीले खुसी व्यक्त गरेका थिए ।

Share News