काठमाडौं । सात प्रदेशमा दलित समुदायबाट समानुपातिकतर्फ २८ जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।
निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको प्रदेशसभा समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सदस्यको सूचिअनुसार प्रदेश नं १ मा नेकपा एमालेबाट कमला दर्नाल तेह्रथुम, नेपाली कांग्रेसबाट सुनिताकुमारी गुरुङ सुनसरी, नेकपा माओवादी केन्द्रबाट सपना दर्जी सुनसरी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोपालबहादुर विशवकर्मा झापा प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।
त्यसैगरी मधेस प्रदेशमा कांग्रेसबाट सकुन्ती देवी सर्लाही र निलमकुमारी रजक सप्तरी, एमालेबाट पलटीदेवी महरा धनुषा, जनमत पार्टीबाट रञ्जुकुमारी मण्डल खंग सप्तरी, जनता समाजवादी पार्टी नेपालबाट ललिता दास सिरहा, माओवादी केन्द्रबाट शारदा दास पहाडी धनुषा र नेकपा एकीकृत समाजवादीबाट किशोरी देवी रौतहट गरी सात जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।
बागमती प्रदेशमा एमालेबाट बालकुमारी विश्वकर्मा काठमाडौँ र कांग्रेसबाट सुना परियार काठमाडौँ तथा गण्डकी प्रदेशमा एमालेबाट गोविन्दबहादुर नेपाली बागलुङ र नन्दकला दमै नेपाली कास्की, कांग्रेसबाट दिलमायाँ पौवी बाग्लुङ र टीकाकुमारी बस्याल लमजुङ तथा माओवादी केन्द्रबाट दमयन्ती रुचाल बर्दघाट सुस्ता पूर्व गरी पाँच जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।
यस्तै लुम्बिनी प्रदेशमा एमालेबाट इन्द्रकुमारी गहतराज पाल्पा र रेखाकुमारी शर्मा दाङ, कांग्रेसबाट लोकीकुमारी विक दाङ तथा माओवादी केन्द्रबाट यमबहादुर नेपाली सार्की गुल्मी प्रदेशसभा सदस्यमा निर्वाचन भएका छन् । कर्णाली प्रदेशमा एमालेबाट गमता विक दैलेख, कांग्रेसबाट लक्ष्मी सुनार सल्यान र माओवादी केन्द्रबाट उर्मिला विश्वकर्मा रोल्पा गरी तीन जना दलित समुदायबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।
सुदूरपश्चिम प्रदेशमा एमालेबाट हीरा सार्की कञ्चनपुर, कांग्रेसबाट ललिता सुनार कैलाली र माओवादी केन्द्रबाट लक्ष्मी विक दार्चुला गरी तीन जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । प्रदेशतर्फ प्रत्यक्षमा गण्डकी प्रदेशमा सीता सुनदास र कर्णालीमा रनसिंह परियार मात्रै विजयी भएका थिए । योसँगै प्रदेशसभामा दलित समुदायको प्रतिनिधित्व ३० पुगेको छ ।
त्यसैगरी प्रतिनिधिसभामा दलित समुदायबाट समानुपातिकतर्फ १५ जना निर्वाचित भएका छन् । प्रत्यक्षतर्फ भने एमालेका सचिव छविलाल विश्वकर्मा मात्रै रुपन्देही निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित हुनुभएको थियो । प्रतिनिधसभामामा समानुपातिक र प्रत्यक्ष गरी दलित समुदायबाट १६ सांसद निर्वाचित भएका छन् ।