अर्थमन्त्रीले राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकसँग छलफल गर्दै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकसँग छलफल गर्ने भएका छन् ।

अर्थ मन्त्रालयका अनुसार देशको वित्तीय अवस्थाबारे विस्तृत जानकारी लिन तथा मौद्रिक नीतिको कार्यान्वयनसँग सम्बन्धित विषयमा सुझाव संकलन गर्न छलफल आयोजना गरिएको हो । छलफल अर्थतन्त्रका चुनौती पहिचान गर्ने र तिनको समाधानका उपाय खोज्न केन्द्रित रहने जनाइएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर र डेपुटी गभर्नरसँग नियमित रूपमा हुने समन्वय र परामर्शबाहेक सबै कार्यकारी निर्देशकसँग एकैपटक हुने यस्तो छलफल सम्भवतः पहिलो पटक हुन लागेको बताइएको छ ।

छलफल बिहान ९ः१५ बजे अर्थ मन्त्रालयस्थित सुवर्ण हलमा सुरु हुने कार्यक्रम छ ।

Share News