ललितकलासँग सम्बन्धित सामग्रीको आयात शुल्क छुट गर्न माग

<p>काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले ललितकलासँग सम्बन्धित सामग्रीहरुको आयात शुल्क छुट गर्न सरकारसँग माग गरेको छ । बिहीवार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १३ औँ प्राज्ञ सभाको समुद्घाटन समारोहमा बोल्दै प्रतिष्ठानका कुलपति के.के. कर्माचार्यले सरकारसँग ललितकला सम्बन्धि विभिन्न विषयमा नीतिगत सुधारको माग गरिएको बताए । उनले सरकारले ललितकलासँग सम्बन्धित वस्तुहरुको निर्यातमा सुविधा दिनुपर्ने जोड दिए । कला [&hellip;]</p>

काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले ललितकलासँग सम्बन्धित सामग्रीहरुको आयात शुल्क छुट गर्न सरकारसँग माग गरेको छ ।

बिहीवार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १३ औँ प्राज्ञ सभाको समुद्घाटन समारोहमा बोल्दै प्रतिष्ठानका कुलपति के.के. कर्माचार्यले सरकारसँग ललितकला सम्बन्धि विभिन्न विषयमा नीतिगत सुधारको माग गरिएको बताए । उनले सरकारले ललितकलासँग सम्बन्धित वस्तुहरुको निर्यातमा सुविधा दिनुपर्ने जोड दिए । कला तथा सिर्जनाका लागि आवश्यक रङ, ब्रस लगायत अन्य सामग्रीहरुको आयात शुल्क छुट गर्नुपर्ने उनले माग राखे ।

त्यसैगरी नेपाली परम्परागत वा आधुनिक कलाकृति खरिद बिक्रीमा लिलामी प्रणाली अपनाउनुपर्ने उनको भनाई छ । त्यसका लागि प्रोत्साहन गर्न नीति, नियम र कानूनी सुधार हुनुपर्नेमा उनले जोड दिए । कुलपति कर्माचार्यले सातवटै प्रदेशमा कला प्रदर्शनी र प्रतियोगिता गराएर छनोट भएका कलाकृतिहरुलाई राष्ट्रिय कला प्रदर्शनीमा समावेश गराउनुपर्ने व्यवस्था हुनुपर्ने र सबै क्षेत्रहरुमा प्रतिष्ठानका शाखा कार्यालयहरुको व्यवस्था हुनुपर्ने उल्लेख गरे ।

उनले भने – ‘हामीले केही नीतिगत कुराहरु अघि सारेका थियौँ । निर्यातजन्य ललितकलासँग सम्बन्धित बस्तुहरुको निर्यातमा सुविधामा सुधार गर्ने । कला, सिर्जनाका लागि आवश्यक रङ, ब्रस, यन्त्र तथा अन्य सामानहरुको आयातमा भन्सार शुल्क र कर छुट दिने । नेपाली परम्परागत वा आधुनिक कलाकृति खरिद विक्रीमा बजार व्यवस्था लिलामी प्रणाली अपनाउन र प्रोत्साहन गर्न नीति, नियम र कानूनी सुधार हुनुपर्ने । सातै प्रदेशमा कला गतिविधि हुनु र क्षेत्रिय कला प्रदर्शनी र प्रतियोगिता गराई छनौट भएका कलाकृतिहरु राष्ट्रिय कला प्रदर्शनीमा समावेश गराउने व्यवस्था गर्न र क्षेत्रहरुमा प्रतिष्ठानका शाखाहरुको व्यवस्था हुनुपर्ने ।

अन्तर्राष्ट्रिय कला प्रदर्शनी जस्ता अन्तर्राष्ट्रिय गतिविधि हुनुपर्ने । संग्रहालय, ग्यालरी, संस्था, प्रतिष्ठान आदीको अध्ययन, अनुसन्धान हुनुपर्ने । राष्ट्रिय, अन्तर्राष्ट्रिय ललितकला क्षेत्रमा उच्च योगदान दिने कलाकारहरुलाई उच्च मूल्यांकन गरी उच्चस्तरको पदक तथा पुरस्कारको व्यवस्था हुनुपर्ने । ललितकला र पर्यटकीय विकासका निमित्त एउटा वृहत कलाग्रामको स्थापना हुनुपर्ने ।

यस्तैगरी प्रतिष्ठानले अन्तर्राष्ट्रिय कला प्रदर्शनी जस्ता अन्तर्राष्ट्रियस्तरका गतिविधि हुनुपर्नेमा जोड दिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ललितकला क्षेत्रमा योगदान दिने कलाकारहरुहरुलाई उच्चस्तरको पदक र पुरस्कारको व्यवस्था गर्नुपर्ने कुलपति कर्माचार्यले बताए । उनले ललितकला र पर्यटकीय विकासका निम्ति वृहत कलाग्रामको स्थापना हुनुपर्नेमा जोड दिए ।

Share News