कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

८१.१९ प्रतिशत परीक्षार्थी उत्तीर्ण

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका (पूरक) परीक्षाको परीक्षाफल बिहीबार सार्वजनिक गरेको छ । गत साउन २ र ३ गते सञ्चालन भएको उक्त परीक्षाको नतिजा बोर्डले आज औपचारिक रूपमा प्रकाशन गरेको हो ।

बोर्डका अनुसार परीक्षामा कुल ७१ हजार ३१० परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये सबै विषयमा ग्रेड प्राप्त गरी सफलता हासिल गर्ने परीक्षार्थीको संख्या ५७ हजार ८९७ रहेको छ । 

यो कुल सहभागी परीक्षार्थीको ८१.१९ प्रतिशत हो । परीक्षामा सहभागी तीन जना परीक्षार्थीको भने परीक्षाफल रद्द गरिएको बोर्डले जनाएको छ ।

परीक्षार्थीहरूले आफ्नो नतिजा राष्ट्रिय परीक्षा बोर्डको आधिकारिक वेबसाइट, एसएमएस तथा आईभीआर सेवामार्फत सजिलै हेर्न सक्नेछन् ।

Share News