
स्याङ्जा । नेकपा(एमाले)को अवरोधको कारण १० दिनसम्म रोकिएको स्याङ्जा २ को मतगणना बुधबारदेखि भइरहेको छ । बिहीबार दिउसो ४ः३० बजे सम्मको मतगणनामा एमालेको तर्फबाट उम्मेदवार बनेकी पद्माकुमारी अर्याललाई नेपाली कांग्रेसका धनराज गुरुङले पछाडि पारेका छन् । गुरुङले ८ हजार ४२ मत प्राप्त गरेका छन् भने अर्यालले ६ हजार ७ मत ल्याएकी छन् ।
अहिलेसम्मको मतगणनामा कांग्रेसका उम्मेदवार धनराज गुरुङले अर्याललाई २ हजार ३५ मतले पछाडि पारेका छन् । एमाललेले बुथ कब्जा भएको भनेर आशंका गरेर विवाद सिर्जना भएका बुथको मतपेटिकामा नपुग्दै अर्याल गुरुङसँग २ हजार मतले पछाडि परेकी हुन् । एमाले नेतृ अर्यालको बसोबास रहेको वालिङ नगरपालिका वडा नम्बर १ को मतगणनामा उनी गुरुङसँग १ सय ९२ मतले पछाडि परेकी छन् ।