स्याङ्जा २ र बाजुरामा पुनः मतदान नगर्ने निर्वाचन आयोगको निर्णय

<p>काठमाडौं । निर्वाचन आयोगले स्याङ्जा क्षेत्र नं. २ र बाजुरा जिल्लामा पुनः मतदान नगर्ने निर्णय गरेको छ । निर्वाचन आयोगले बुधवार स्याङ्जा क्षेत्र नं. २ र बाजुरा जिल्लामा पुनः मतदान नगरी मत गणना प्रारम्भ गर्ने निर्णय हो । सो क्षेत्रहरुमा निर्वाचनको क्रममा धाँधली भएको भन्दै उजुरी परेपछि मत गणना हुन सकेको थिएन । निर्वाचन आयोगका [&hellip;]</p>

काठमाडौं । निर्वाचन आयोगले स्याङ्जा क्षेत्र नं. २ र बाजुरा जिल्लामा पुनः मतदान नगर्ने निर्णय गरेको छ ।

निर्वाचन आयोगले बुधवार स्याङ्जा क्षेत्र नं. २ र बाजुरा जिल्लामा पुनः मतदान नगरी मत गणना प्रारम्भ गर्ने निर्णय हो । सो क्षेत्रहरुमा निर्वाचनको क्रममा धाँधली भएको भन्दै उजुरी परेपछि मत गणना हुन सकेको थिएन ।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले छानबिन समितिको प्रतिवेदनको आधारमा आयोगले स्याङ्जा क्षेत्र नं. २ र बाजुरामा पुनः मतदान गर्नु नपर्ने निर्णय गरेको बताउनु भयो । उनले मत गणना कार्य शुरु गर्न सम्बन्धित क्षेत्रका निर्वाचन अधिकृतहरुलाई पत्र पनि पठाइसकिएको जानकारी दिए ।

उनले सम्बन्धित क्षेत्रहरुमा तत्काल सर्वदलिय बैठक बसेर मत गणना शुरु गर्ने मिति, समय र स्थान तोकेपछि मत गणना कार्य प्रारम्भ हुने बताए ।

Share News