वैदेशिक रोजगारमा हुने विकृति रोक्न व्यवसायीलाई मन्त्री कुँवरको निर्देशन

<p>काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा हुने विकृति र विसंगतिलाई रोक्न रोजगार व्यवासायीलाई निर्देशन दिएका छन् । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपालीहरु ठगिने र सम्झौता अनुसारको काम नपाउने गुनासो बढ्न थालेपछि यसको व्यवस्थापन गर्न मन्त्री कुँवरले व्यवसायीलाई निर्देशन दिएका हुन । मंगलबार मन्त्रालयमा १ हजार बढी कामदार मलेसिया [&hellip;]</p>

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा हुने विकृति र विसंगतिलाई रोक्न रोजगार व्यवासायीलाई निर्देशन दिएका छन् ।

पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपालीहरु ठगिने र सम्झौता अनुसारको काम नपाउने गुनासो बढ्न थालेपछि यसको व्यवस्थापन गर्न मन्त्री कुँवरले व्यवसायीलाई निर्देशन दिएका हुन ।

मंगलबार मन्त्रालयमा १ हजार बढी कामदार मलेसिया पठाउँने म्यानपावर व्यवसायीसँग भएको छलफल कार्यक्रममा बोल्दै उनले वैदेशिक रोजगारीलाई मर्यादित र सुरक्षित बनाउन सबै मिलेर जानुको विकल्प नभएको बताएका थिए ।

मलेसियमा फ्रि भिसा फ्रि टिकट भएपनि कामदारबाट चर्को रकम असुलेका खबर बाहिर आइरहेकाले यस्को जिम्मेवार व्यक्ति म्यानपावर व्यसायी नै भएको जानकारी गराएका थिए ।

मन्त्री कुँवरले व्यवसायीलाई भने, ‘सरकारले नीति नियम बनाएको छ, फ्रि भिसा फ्रि टिकटमा कामदार पठाउन श्रम सम्झौता गरेको छ, तर फेरि एक जना समान्य परिवारको व्यक्ति मलेसिया जान लार्खौ रकम तिर्न बाध्य छ, यो विषयमा हामी पनि अनुगममा कडाई गछौं, तपाईहरुले पनि विशेष ध्यान दिनु होला ।’

साथै उनले वैदेशिक रोजगारीमा भइरहेको विकृतिलाई न्युनिकरण गरी मर्यादित रोजगारी बनाउका लागि सबैले म म भनेर लाग्नु पर्ने र सुधारको बटोमा अगाडी बढ्नु पर्ने बताए । यस्तै, उनले सरकारको तर्फबाट नीति नियम संसोधन गर्ने कुरा र अनुगमनको बाटो बलियो बनाउने कुरामा आफुहरु सधै तयार रहेको पनि जानकारी गराए ।

मलेसियामा फ्रि भिसा फ्रि टिकटमा जाने कामदारको सम्झौता अनुसारको काम र तलब नपाउने र मेडिकलको समस्या धेरै आउने भएकाले यसको समाधानका लागि मन्त्रालय तयार रहेको उनले आश्वासन दिए ।

छलफल कार्यक्रममा मन्त्रालयका सचिव एक नारायण अर्यालले मलेसियाको रोजगारीलाई व्यवस्थित बनाउनका लागि सबै मिलेर अगाडी बढ्नु पर्ने बताए । उनले पछिल्लो समय मलेसियामा कामदार ठगिने समस्या धेरै आएकाले यसलाई व्यवस्थापन गर्नका लागि व्यवसायीलाई अनुरोध समेत गरे ।

वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्यले विभागमा आउने गरेका पिडितका उजुरी र म्यानपावर कम्पनिको बारेमा जानकारी गराएका थिए ।

म्यानपावर व्यवसायीले भने, मलेसियामा कामदार आफुहरुले फ्रि भिसा फ्रि टिकटमै पठाउने गरेको र बीचमा कामदारलाई ल्याउने एजेण्डका कारण व्यवसायीको बदनाम हुने गरेको बताएका छन् । उनीहरुले बीचको एजेण्डलाई रोक्नका लागि नीति नियम बनाउन सरकारलाई आग्रह गरे । त्यस्तै म्यानपावर व्यवसायीले मलेसियाबाट कामदारको माग ल्याउने बेला नै पैसा तिर्नु पर्ने भएकाले आफुहरुले बाध्य भएर कहिँ कतै पैसा लिने गरेको बताएका छन् ।
सरकारले २०७५ कार्तिक १२ गते मलेसियामा फ्रि भिसा फ्रि टिकटमा नेपाली श्रमिकलाई पठाउने गरी श्रम सम्झौता गरेको थियो । तर, अहिलेसम्म पनि त्यो प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको छैन् ।

Share News