तुलसीपुर डान्स आइडलको उपाधि रेउलेले जितिन् एक लाख रुपैयाँ पुरस्कार

<p>तुलसीपुर । तुलसीपुर डान्स आइडलको उपाधि जेवीका रेउलेले जितेकी छिन् । दङ्गीशरण–४ वैबाङकी रेउलेले प्रथम स्थान हासिल गर्दै एक लाख रुपैयाँ पुरस्कार जितिन् । डान्स आइडलको दोस्रो स्थानमा तुलसीपुर उपमहानगरपालिका–९ की सन्जु क्षेत्री तथा तेस्रो स्थान सल्यानको शारदा नगरपालिका–१० की सन्ध्या रानाले प्राप्त गरे । उनीहरुले क्रमशः ५० हजार रुपैयाँ र २५ हजार रुपैयाँ प्राप्त [&hellip;]</p>

तुलसीपुर । तुलसीपुर डान्स आइडलको उपाधि जेवीका रेउलेले जितेकी छिन् । दङ्गीशरण–४ वैबाङकी रेउलेले प्रथम स्थान हासिल गर्दै एक लाख रुपैयाँ पुरस्कार जितिन् ।

डान्स आइडलको दोस्रो स्थानमा तुलसीपुर उपमहानगरपालिका–९ की सन्जु क्षेत्री तथा तेस्रो स्थान सल्यानको शारदा नगरपालिका–१० की सन्ध्या रानाले प्राप्त गरे । उनीहरुले क्रमशः ५० हजार रुपैयाँ र २५ हजार रुपैयाँ प्राप्त गरिन् । यस्तै तुलसीपुर–६ की जीवा बुढाथोकीले सात्वना स्थान हासिल गरी पाँच हजार रुपैयाँँ पुरस्कार पाइन् ।

यसैबीच प्रथम तुलसीपुरमा जारी लोकसांस्कृतिक दोहोरी तथा लोक नृत्य कार्यक्रमको बुधबार समापन गरिएको छ । गत असोज २८ गते सुरु भएको सो कार्यक्रम ३२ दिनपछि सकिएको आयोजक संस्था मितेरी युवा क्लबका अध्यक्ष अजय बुढाथोकीको जानकारी दिए । रासस

Share News