अर्थतन्त्रका मुख्य सूचकमा सुधार

<p>केही महिनायता समस्याग्रस्त रहेको अर्थतन्त्रका केही सूचकमा सुधार देखिएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७९/८० का सुरुका तीन महिनाको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार शोधनान्तर, विदेशी विनिमय सञ्चिति तथा विपे्रषण आप्रवाहमा क्रमिक सुधार भइरहेको छ । विगत लामो समयदेखि ऋणात्मक रहेका अर्थतन्त्रका मुख्य सूचकमा चालू आवको असोजसम्ममा सुधार देखिन थालेको [&hellip;]</p>

केही महिनायता समस्याग्रस्त रहेको अर्थतन्त्रका केही सूचकमा सुधार देखिएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७९/८० का सुरुका तीन महिनाको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार शोधनान्तर, विदेशी विनिमय सञ्चिति तथा विपे्रषण आप्रवाहमा क्रमिक सुधार भइरहेको छ ।

विगत लामो समयदेखि ऋणात्मक रहेका अर्थतन्त्रका मुख्य सूचकमा चालू आवको असोजसम्ममा सुधार देखिन थालेको हो । गत वर्षको असोजमा ८७ अर्ब ७१ करोड रुपियाँले घाटामा रहेको शोधनान्तर स्थिति यो वर्षको असोजमा १२ अर्ब ४३ करोड रुपियाँले बचतमा आएको छ । यसैगरी गत वर्षको असोजमा एक खर्ब ४९ अर्ब रुपियाँले घाटामा रहेको चालू खातामा सुधार आई ३४ अर्ब २८ करोड रुपियाँको घाटामा छ ।

सबभन्दा राम्रो सुधार विदेशी विनिमय सञ्चितिमा देखिएको छ । राष्ट्र बैङ्कका अनुसार असोजसम्म विदेशी मुद्रा सञ्चिति १२ खर्ब ४६ अर्ब रुपियाँ पुगेको छ । यसले ९.६ महिनाको वस्तु र ८.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने प्रतिवेदनले देखाएको छ । यसैगरी विपे्रषण आप्रवाहमा १६.८ प्रतिशतले वृद्धि भई दुई खर्ब ८१ अर्ब पाँच करोड रुपियाँ पुगेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Share News