बिजनेस विस्तारमा आक्रामक बने नबिल, सेञ्चुरी र नेपाल बैंक, सजिलै ऋण दिन सक्ने अवस्थामा एक दर्जन बैंक

<p>काठमाडौं । साउन महिनापछि बैंकहरुको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) बढ्न थालेको छ । नेपाल बैंकर्स संघका अनुसार २६ वाणिज्य बैंकहरुको सीडी रेसियो बढ्न थालेको हो । बैंकर्स संघका अनुसार साउन अन्तिम सातामा बैंकहरुको औषत सीडी रेसियो ८८.०७ प्रतिशत रहेको छ । पछिल्लो समय बैंकहरुको निक्षेप घट्न र कर्जा लगानी बढ्न थालेसँगै कर्जा निक्षेप अनुपात बढेको हो [&hellip;]</p>

काठमाडौं । साउन महिनापछि बैंकहरुको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) बढ्न थालेको छ । नेपाल बैंकर्स संघका अनुसार २६ वाणिज्य बैंकहरुको सीडी रेसियो बढ्न थालेको हो ।

बैंकर्स संघका अनुसार साउन अन्तिम सातामा बैंकहरुको औषत सीडी रेसियो ८८.०७ प्रतिशत रहेको छ । पछिल्लो समय बैंकहरुको निक्षेप घट्न र कर्जा लगानी बढ्न थालेसँगै कर्जा निक्षेप अनुपात बढेको हो ।

साउनको अन्तिम सातासम्ममा सेञ्चुरी, नबिल र नेपाल बैंकको सीडी रेसियो ९० प्रतिशत नाघेको छ । त्यसमा पनि सबैभन्दा बढी सेञ्चुरी बैंकको रहेको छ । साउनको अन्तिम सातामा बैंकको उक्त रेसियो ९१.६३ प्रतिशत देखिएको छ ।

यस्तै, नबिल बैंकको ९०.९२ र नेपाल बैंकको सीडी रेसियो ९०.७२ प्रतिशत रहेको छ ।

एक दर्जन बैंकहरुको सीडी रेसियो ८६ प्रतिशतभन्दा तल छ । अन्य बैंकको तुलनामा एक दर्जन बैंकहरू सजिलै ऋण दिन सक्ने अवस्थामा छन् ।

बैंकहरुमा निक्षेप र कर्जा दुबै बढ्यो

सबैभन्दा कम सीडी रेसियो हुनेमा प्रभु बैंक छ । समीक्षा अवधिमा प्रभु बैंकको सीडी रेसियो ८२.८८ प्रतिशत छ ।

असार महिनामा सबै बैंकहरुले ९० प्रतिशतको सीडी रेसियो कायम गरेका थिए । नेपाल राष्ट्र बैंकले असार मसान्तसम्म ९० प्रतिशतको सीडी रेसियो कायम गर्ने नीति बनाएसँगै बैंकहरुलाई पनि सो व्यवस्था कायम गर्न बाध्यता थियो । तर अहिले बैंकहरुले ९० प्रतिशतको सीमा नाघेका हुन् ।

कुनको कति ?

Share News