बैंकहरुमा निक्षेप र कर्जा दुबै बढ्यो

<p>काठमाडौं । वाणिज्य बैंकहरुमा निक्षेप संकलन र कर्जा लगानी दुबै बढेको छ । नेपाल बैंकर्स संघका अनुसार साउनको अन्तिम सातामा निक्षेप १२ अर्ब र कर्जा लगानी २ अर्बले बढेको हो । साउन लागेदेखि निरन्तर घटेको निक्षेप अन्तिम सातामा बढेर ४४ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ । जुन अघिल्लो साता ४४ खर्ब २१ अर्ब रुपैयाँ [&hellip;]</p>

काठमाडौं । वाणिज्य बैंकहरुमा निक्षेप संकलन र कर्जा लगानी दुबै बढेको छ । नेपाल बैंकर्स संघका अनुसार साउनको अन्तिम सातामा निक्षेप १२ अर्ब र कर्जा लगानी २ अर्बले बढेको हो ।

साउन लागेदेखि निरन्तर घटेको निक्षेप अन्तिम सातामा बढेर ४४ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ । जुन अघिल्लो साता ४४ खर्ब २१ अर्ब रुपैयाँ थियो । साउनको पहिलो सातामा भने बैंकहरुमा ४४ खर्ब ७८ अर्ब रुपैयाँ संकलन थियो भने असार अन्तिम सातामा ४५ खर्ब ४१ अर्ब रुपैयाँ थियो । यससँगै असारको तुलना साउनको निक्षेप १ खर्ब ८ अर्ब रुपैयाँले घटी हो ।

त्यस्तै, समीक्षा अवधिमा बैंकहरुले ४१ खर्ब ७७ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी गरेका छन् । अघिल्लो साता ४१ खर्ब ७५ अर्ब रुपैयाँ रहेको यस्तो रकम २ अर्ब रुपैयाँले बढेको हो । गत असार अन्तिम सातामा पनि बैंकहरुले ४१ खर्ब ७५ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी गरेका थिए ।

Share News