ज्योति ग्रुपको विवादले लुम्बिनी विकास बैंकमा भाँडभैलो

<p>काठमाडौं । धेरै वटा विकास बैंक र फाइनान्स मर्ज हुँदै बनेको लुम्बिनी विकास बैंकमा फेरि विवाद देखिएको छ । विवादले रातारात बैंकमा अध्यक्ष, सञ्चालक र सीईओ फेरिएका छन् । असार २८ गते बसेको लुम्बिनी विकास बैंकको सञ्चालक समितिको ४२५ औं बैठकले प्रमुख कार्यकारी अधिकृतमा विजय बहादुर श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको थियो । श्रेष्ठले साउन [&hellip;]</p>

काठमाडौं । धेरै वटा विकास बैंक र फाइनान्स मर्ज हुँदै बनेको लुम्बिनी विकास बैंकमा फेरि विवाद देखिएको छ । विवादले रातारात बैंकमा अध्यक्ष, सञ्चालक र सीईओ फेरिएका छन् ।

असार २८ गते बसेको लुम्बिनी विकास बैंकको सञ्चालक समितिको ४२५ औं बैठकले प्रमुख कार्यकारी अधिकृतमा विजय बहादुर श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको थियो । श्रेष्ठले साउन २ गतेदेखि कार्यभार समाल्ने जनाएका थिए । उक्त निर्णय बैंकले नेपाल स्टक एक्स्चेञ्ज मार्फत  सर्वसाधारणलाई सूचित पनि गराएको थियो ।

तर असार २९ गते नै बैंक सञ्चालक समितिमा पहिरो गयो । बैंकका अध्यक्ष रिसालको पद गयो । उनको ठाउँमा प्रविणकुमार श्रेष्ठ चयन भए । रिसाल स्याकार कम्पनीको प्रतिनिधित्व गर्दै बैंकमा सञ्चालक बनेका थिए र अध्यक्ष भएका थिए । स्याकारले उनलाई फिर्ता बोलाएको छ । रिसालको सट्टाका कम्पनीले लोमस मानन्धरलाई सञ्चालक बनाएको छ ।

प्रमुख कार्यकारी अधिकृत नरेश सिहं बाेहाेरा

सञ्चालक समितिमा भएको फेरवदलसँग प्रमुख कार्यकारी अधिकृत नियुक्त सम्बन्धि दुई दिनअघिको निर्णय खारेज गरिएको छ । साथै, बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा वर्तमान प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहोरालाई नै पुनः नियुक्ति दिने निर्णय गरेको छ ।

असार २९ गते बसेको बैंक सञ्चालक समितिको ४२६ औं बैंककले नयाँ सञ्चालक र अध्यक्ष नियुक्त गरेको निर्णय नेप्सेमा असार ३० गते सार्वजनिक भएको छ । ३० गते बसेको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत बोहोरालाई नै दोस्रो कार्यकालको लागि नियुक्त गर्ने निर्णय गरेको जानकारी बैंकले आफ्नो आधिकारिक फेसबुक पेज मार्फत दिएको छ ।

२८ गते प्रमुख कार्यकारी अधिकृतमा नियुक्त विजयबहादुर श्रेष्ठ

यो सबै विवादको कारण स्याकार कम्पनीबाट प्रतिनिधित्व गर्ने व्यक्ति फेरवदलसँगै भएको स्रोतले बतायो । स्याकार कम्पनी ज्योति समूहको स्वामित्वमा छ । ज्योति समूहमा दाजुभाई विवादले धेरै ठाउँमा समस्या देखिँदै आएको जानकारहरु बताउँछन् ।

देवः विकास पुरानो नेतृत्वको हातमा लुम्बिनी बैंक, विजयले पाए सीईओमा नियुक्ती

Share News