
काठमाडौं । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा विजयबहादुर श्रेष्ठ नियुक्त भएका छन् । साउन २ गतेदेखि लागू हुने गरी श्रेष्ठलाई बैंकले नियुक्त गरेको हो ।
श्रेष्ठ यसअघि देवः विकास बैंकको प्रमुख कार्यकारी अधिकृत थिए । देवः विकास बैंक लुम्बिनीमा गाभिएपछि श्रेष्ठले अवकास लिएका थिए ।
सन् १९८६ देखि वाणिज्य बैंकमा प्रवेश गरेका श्रेष्ठसँग साढे तीन दशकसम्म बैकिङ क्षेत्रमा काम गरेको अनुभव छ ।
लुम्बिनी विकास बैंकको सीईओ नरेशसिंह बोहोराको दोस्रो कार्यकाल पूरा भएपछि बैंकले श्रेष्ठलाई सीईओमा नियुक्त गरेको हो ।