राष्ट्र बैंकले चार ठूला बैंकलाई दियो मर्जरको सहमति, कर्मचारी समायोजन कसरी हुन्छ ?

<p>काठमाडाैं । नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट–मेगा बैंक र ग्लोवल आइएमई–बैंक अफ काठमाण्डूलाई मर्जरको सैद्दान्तिक सहमति दिएको छ । बुधबार बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले चार वटै बैंकलाई मर्जरमा जानका लागि सैद्धान्तिक सहमति दिएको हो । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता डा. गुणाकर भट्टले चार वटै बैंकलाई मर्जरमा जानका लागि सैद्धान्तिक सहमति दिएको [&hellip;]</p>

काठमाडाैं । नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट–मेगा बैंक र ग्लोवल आइएमई–बैंक अफ काठमाण्डूलाई मर्जरको सैद्दान्तिक सहमति दिएको छ । बुधबार बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले चार वटै बैंकलाई मर्जरमा जानका लागि सैद्धान्तिक सहमति दिएको हो ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता डा. गुणाकर भट्टले चार वटै बैंकलाई मर्जरमा जानका लागि सैद्धान्तिक सहमति दिएको बताएका हुन् ।

नेपाल इन्भेष्टमेन्ट-मेगा बैंकबीच गत जेठ २७ गते र ग्लोवल आइएमई-बैंक अफ काठमाण्डूबीच असार २ गते मर्जरमा जाने सम्झौता भएकाे थियाे ।

नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको मर्जरपछि बैंकको अध्यक्षमा पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति पाण्डे बन्ने सहमति भएको छ । बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक राख्ने सहमति पनि भएको छ । दुई बैंकबीच १००ः९० को स्वाप रेसियोमा मर्जर सम्झौता भएको छ ।

यस्तै, ग्लोबल आईएमई–बिओके मर्जपछि बैंकको अध्यक्ष चन्द्रप्रसाद ढकाल र सीईओ रत्नराज बज्राचार्य बन्ने सहमति भएको छ । यी दुई बैंकबीच बराबरी हैसियतमा मर्जर सम्झौता भएको छ ।

पछिल्लो समय बैंकहरुबीच मर्जरको प्रतिस्पर्धा चल्दा कर्मचारी समयोजनको विषय पेचिलो बन्दै गएको छ । मेगा बैंकका सञ्चालक तथा मर्जर समितिका सदस्य गोपाल खनाल इन्भेष्टमेन्ट र मेगाबीच कर्मचारी समायोजनको विषय खासै समस्या नरहेको बताउँछन् । उनका अनुसार दुवै बैंकका कर्मचारीको सेवा सुविधा र पदीय हैसियत बराबर हुनेछ ।

‘अहिले कर्मचारीको जुन सेवा सुविधा र पद छ त्यसैलाई कायमै राख्ने सहमति भएको छ, हामीले स्ववेच्छिक अवकास प्याकेज (भिएसआर) सुविधा पनि ल्याउँछौं, काम छोड्न चाहनेहरुलाई पनि सो सुविधाले सहज हुन्छ, अन्य बैंकहरुमा देखिएको जस्तो विवाद हाम्रोमा छैन,’ खनालले विकासन्युजसँग भने ।

यस्तै, ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच भने कर्मचारी समायोजनको विषयमा छलफल नै भएको छैन । ग्लोबल आईएमई बैंकका डेपुटी सीईओ महेश ढकालले कर्मचारी समयोजनको विषयमा अहिलेसम्म छलफल नभएको बताए ।

Share News