बैंकहरूको सीडी रेसियो झन् बढ्दै, एक महिनामा १३ वटाले घटाउँदा १४ बैंकको बढ्यो

<p>काठमाडौं । बैंकहरूको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) झन् बढेको छ । गत चैतको तुलनामा बैशाखमा अधिकांश बैंकहरूको सीडी रेसियो बढेको हो । चैत महिनामा औसत ९०.६ प्रतिशत रहेको बैंकको सीडी रेसियो बैशाख महिनामा बढेर ९०.८८ प्रतिशत पुगेको हो । गत चैत महिनाको तुलनामा बैशाख महिनामा १४ वटा वाणिज्य बैंकको सीडी रेसियो बढेको छ भने १३ [&hellip;]</p>

काठमाडौं । बैंकहरूको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) झन् बढेको छ । गत चैतको तुलनामा बैशाखमा अधिकांश बैंकहरूको सीडी रेसियो बढेको हो । चैत महिनामा औसत ९०.६ प्रतिशत रहेको बैंकको सीडी रेसियो बैशाख महिनामा बढेर ९०.८८ प्रतिशत पुगेको हो ।

गत चैत महिनाको तुलनामा बैशाख महिनामा १४ वटा वाणिज्य बैंकको सीडी रेसियो बढेको छ भने १३ वटा बैंकले घटाउने प्रयास गरेका छन् । नेपाल राष्ट्र बैंकले आगामी असार मसान्तसम्म सबै बैंकहरूले सीडी रेसियो ९० प्रतिशत कायम गर्न निर्देशन दिइसकेको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् ८५ प्रतिशतको सीसीडी खारेज गरेर ९० प्रतिशतको सीडी रेसियो लागू गरेको थियो । राष्ट्र बैंकले बैंकहरूलाई असार मसान्तसम्म ९० प्रतिशत कायम गर्न समय दिएको छ ।

तर, बैंकहरू भने विस्तारै घटाउने प्रयासमा लाग्नु पर्ने अवस्थामा झन बढाइरहेका छन् । एक महिनाको अवधिमा एनसीसी बैंक, नेपाल बंगलादेश बैंक, बैंक अफ काठमाण्डू, प्रभु, कुमारी,एनएमबी, सिटिजन्स सेञ्चुरी, लक्ष्मी, एनआईसी एसिया, सानिमा, सिद्धार्थ, कृषि विकास र सिभिल बैंकले सीडी रेसियो बढाएका छन् ।

यस्तै, १३ वाणिजय बैंकहरूले भने सीडी रेसियो घटाएका छन् । मेगा, स्ट्याण्डर्ड चार्टर्ड, प्राइम कमर्सियल, नेपाल एसबिआई, एभरेष्ट, माछापुच्छ्रे, नेपाल इन्भेष्टमेन्ट, सनराइज, नेपाल बैंक, ग्लोबल आईएमई, हिमालयन, राष्ट्रिय वाणिज्य बैंक र नबिल बैंकले सीडी रेसियो घटाएका छन् ।

हालसम्म सबैभन्दा बढी सीडी रेसियो प्राइम कमर्सियल बैंकको छ भने सबैभन्दा कम स्ट्याण्डर्ड चाटर्ड बैंकको छ । प्राइमको ९८.५८ प्रतिशत सीडी रेसियो छ भने स्ट्याण्डर्ड चाटर्ड बैंकको ८०.४४ प्रतिशत छ ।

नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिृकत (सीईओ) अनिल शर्मा अहिलेको अवस्था हेर्दा बैंकहरुलाई सीडी रेसियो ९० प्रतिशतको सीमा कायम गर्न चुनौति नै भएको बताउँछन् ।

‘असार मसान्तसम्म सीडी रेसियो ९० प्रतिशत कायम गर्न चुनौतिपूर्ण नै छ, भएको निक्षेप पनि बाहिरिरहेको छ, धेरै बैंकहरू ९० प्रतिशत माथि नै छन्, असारमा सरकारी खर्च बढ्यो भने केही सहज हुन्छ कि भन्ने अपेक्षा छ खर्च पनि भएन भने समस्या नै हुन्छ,’ उनले भने । उनका अनुसार बैंकहरुको औसत सीडी रेसियो ८९ प्रतिशत भयो भने केही सहज हुन्छ ।

कुनको कति ?

Share News