कृषि क्षेत्र सरकारको उच्च प्राथमिकतामा, कृषि मन्त्रालयका लागि ५५ अर्ब ९७ करोड

<p>काठमाडाैं । सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५५ अर्ब ९७ करोड बजेट विनियोजन गरेको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०७९/०८० को आय व्यव विवरण सार्वजनिक गर्दै सो कुरा बताएका हुन । सरकारले रासायनिक मल खरिद गर्न १५ अर्ब बजेट विनियोजन गरेको छ । यस्तै, उनले उखु किसानलाई ८१ करोड [&hellip;]</p>

काठमाडाैं । सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५५ अर्ब ९७ करोड बजेट विनियोजन गरेको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०७९/०८० को आय व्यव विवरण सार्वजनिक गर्दै सो कुरा बताएका हुन ।

सरकारले रासायनिक मल खरिद गर्न १५ अर्ब बजेट विनियोजन गरेको छ । यस्तै, उनले उखु किसानलाई ८१ करोड अनुदान विनियाेजन गरेकाे बताए ।

यस्तै, उनले तीनै तहका सरकारले समन्वयमा प्रांगारिक मल उत्पादनलाई प्रोत्साहन गर्न आवश्यक बजेट विनियोजन गरिएको बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमको लागि ५ अर्ब ९० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

सरकारले योजनामा आधारित कृषक पेन्सन योजना पनि सुरु गर्ने भएको छ । यसको लागि किसानलाई निश्चित प्रतिशत रकम जम्मा गर्न लगाउने र किसानले जम्मा गरेको रकममा १० प्रतिशत रकम सरकारले थप गरिदिने भएको छ । यसको लागि सरकारले १ अर्ब रुपैयाँ बजेटको पनि व्यवस्था गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले प्रत्येक प्रदेशमा कोल्ड स्टोर निर्माण गर्ने बताएका छन् । आइतबार संघीय संसदको संयुक्र बैठकमा बजेट प्रस्तुत गर्दै उनले कृषिको विकासका लागि प्रत्येक प्रदेशमा एक/एक कोल्ड स्टोर निर्माण गर्ने बताएका हुन् ।

सरकारले जडिबुटी खेतीको पनि बीमा गर्ने भएको छ । अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै सो बताएका हुन् ।

किसान पेन्सन योजनाका लागि किसान हितकोष बनाइने कार्यक्रम सरकारले घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट आज आज संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले सो कुरा बताएका हुन् ।

उक्त कोषमा हरेक महिना किसानले जम्मा गर्ने रकमको १० प्रतिशत रकम नेपाल सरकारले जम्मा गरिदिने कुरा आगामी आबको बजेटमा शमावेश गरिएको छ । कोष स्थापना गर्न प्रारम्भमा १ अर्ब बिउ पुँजी छुट्याएको बताइएको छ ।

अर्थमन्त्री शर्माले वैदेशि रोजगारीबाट फर्केका युवालाई सहुलियत ऋण दिने बताएका छन् । आइतबार संघीय संसदको संयुक्र बैठकमा बजेट प्रस्तुत गर्दै उनले युवालाई सहुलियत ऋण र कोष स्थापना गर्ने बताएका हुन् ।

Share News