काठमाडौं । कोका–कोलाले नेपालको लागि आफ्नो बोटलिङ पार्ट्नर बोटलर्स नेपालसँग मिलेर ‘सक्षम’ कार्यक्रम शुरु गरेको छ ।
यस कार्यक्रम अन्तर्गत कम्पनीले नेपालका विभिन्न ठाउँमा किराना पसल र खाजा घरहरु सञ्चालन गर्दै आएका १ हजार महिला व्यवसायीहरुलाई व्यवसायिक तालिम दिने योजना बनाएकाे छ ।
अन्तर्राष्ट्रिय महिला दिवस २०२२ को नारा ‘दिगो भविष्यको लागि आज लैङ्गिक समानता’ भन्ने नारालाई समर्थन गर्दै यस कार्यक्रममार्फत महिलाहरुलाई व्यापारिक र आर्थिक रुपमा सक्षम बनाउने योजना राखिएको कोका–कोलाका नेपाल कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले बताए ।
यस कार्यक्रमले महिलाहरुलाई राम्रो ज्ञान र सीप प्रदान गर्ने लक्ष्य राखेकाले यसले उनीहरुलाई आफ्नो व्यापार अझै राम्रोसँग सञ्चालन गर्दै समग्रमा राष्ट्रकै आर्थिक विकासमा सहयोग पु¥याउन सक्षम बनाउने उनले बताए ।
यो कार्यक्रम यस्ता पसल सञ्चालन गर्ने महिलाहरुको वित्तीय साक्षरता, आतिथ्यता, सरसफाई र डिजिटल वालेटको प्रयोग जस्ता विषयमा क्षमता अभिवृद्धि गर्न डिजाइन गरिएको उनले जानकारी दिए ।