तेलको मूल्य बढाउँदै आयल निगम, ग्यासको मूल्य १६७५ पर्ने

<p>काठमाडौं । रुस–युक्रेन युद्धको असर नेपाली भन्सामा देखिन थालेको छ । रुस–युक्रेनमा युद्ध सुरुभएसँगै अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि भएको नेपाल आयाल निगमले जनाएको छ । निगमका अनुसार दुई देशबीचको युद्धका कारण पेट्रोलियम पदार्थ उच्चतम विन्दुमा रही कच्चा तेलको मूल्य अमेरिकी डलर ९५ देखि १०५ प्रति व्यारेलसम्म पुगिसकेको छ । युक्रेनमा जारी युद्धको असरका [&hellip;]</p>

काठमाडौं । रुस–युक्रेन युद्धको असर नेपाली भन्सामा देखिन थालेको छ । रुस–युक्रेनमा युद्ध सुरुभएसँगै अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि भएको नेपाल आयाल निगमले जनाएको छ ।

निगमका अनुसार दुई देशबीचको युद्धका कारण पेट्रोलियम पदार्थ उच्चतम विन्दुमा रही कच्चा तेलको मूल्य अमेरिकी डलर ९५ देखि १०५ प्रति व्यारेलसम्म पुगिसकेको छ ।

युक्रेनमा जारी युद्धको असरका कारण इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट फेरी पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । नेपाल आयल निगमका अनुसार मंगलबार आईओसीबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार सबै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको हो ।

भारतबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर ३.८९ रुपैयाँ, डिजेल ३.०८ रुपैयाँ र मट्टितेल प्रतिलिटर १०.३० रुपैयाँ बढेर आएको छ । यस्तै, हवाई इन्धन प्रतिलिटर ३.३२ रुपैयाँ र एलपीजी ग्याँस प्रतिलिसिन्डर ९९.१७ रुपैयाँ बढेको निगमका प्रवक्ता बिनितमणि उपाध्यायले जानकारी दिए ।

यसअघि खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १५७५ रुपैयाँ रहेको छ । निगमले आईओसीबाट प्राप्त नयाँ मूल्य अनुसार बढाएर ग्यासको मूल्य हालसम्मकै उच्च रहेर १६७५ पुग्नेछ ।

उनका अनुसार नयाँ मूल्य सूचीअनुसार अब निगमलाई पेट्रोलमा प्रतिलिटर २०.५२ रुपैयाँ, डिजेलमा १६ रुपैयाँ र एलपीजी ग्याँसमा ६६५ रुपैयाँ घाटा हुनेछ ।

जसअनुसार निगमलाई १५ दिनमा ३ अर्ब ९ करोड र मासिक ६ अर्ब १८ करोड घाटा हुने उपाध्यायले बताए । मूल्य सूची बढेर आएसँगै पेट्रोलको खरिद लागत प्रतिलिटर १६५.५२ रुपैयाँ, डिजेलको खरिद लागत १४४.०८ रुपैयाँ र एलपीजी ग्याँसको खरिद लागत प्रतिसिलिन्डर २२४०.३४ रुपैयाँ पुगेको निगमले जनाएको छ ।

सम्बन्धित सामग्री: नेपाली बजारमा पर्न थाल्यो रुस–युक्रेन युद्धको प्रभाव, आयातकर्ताले बढाए तेलको मूल्य

Share News