बैंकहरुको औषत ईपीएस १९ रुपैयाँ हुँदा हिमालयनको सबैभन्दा कम, नेटवर्थमा नेपाल बैंक अगाडि

<p>काठमाडौं । वाणिज्य बैंकहरुको औषत प्रतिसेयर आम्दानी (ईपीएस) १९.०५ रुपैयाँ रहेको छ । बैंकहरुले सार्वजनिक गरेका गत ६ महिनाको अपरिष्कृत वित्तीय विवरण अनुसार २७ वटाको प्रतिसेयर आम्दानी औषतमा १९.०५ रुपैयाँ देखिएको हो । जुन गत वर्षको तुलनामा घटी हो । गत वर्षको पुस मसान्तमा बैंकहरुको औषत ईपीएस १९.१८ रुपैयाँ थियो । चालु आवको औषत ईपीएस [&hellip;]</p>

काठमाडौं । वाणिज्य बैंकहरुको औषत प्रतिसेयर आम्दानी (ईपीएस) १९.०५ रुपैयाँ रहेको छ । बैंकहरुले सार्वजनिक गरेका गत ६ महिनाको अपरिष्कृत वित्तीय विवरण अनुसार २७ वटाको प्रतिसेयर आम्दानी औषतमा १९.०५ रुपैयाँ देखिएको हो ।

जुन गत वर्षको तुलनामा घटी हो । गत वर्षको पुस मसान्तमा बैंकहरुको औषत ईपीएस १९.१८ रुपैयाँ थियो । चालु आवको औषत ईपीएस अनुसार १० वटा बैंकको मात्रै ईपीएस औषत भन्दामाथि छ भने बाँकीको कम छ ।

समीक्षा अवधिमा अधिकांंश बैंकको ईपीएस घटेसँगै औषतमा घट्न पुगेको हो । २७ बैंकमा ११ बैंकको मात्रै ईपीएस बढेको छ भने बाँकी १६ वटा बैंकको घट्को छ ।

ईपीएस बढाउनेमा एनआईसी एशिया, सिद्धार्थ, स्ट्याण्डर्ड चार्टर्ड, ग्लोबल आईएमई, माछापुच्छ्रे, कृषि विकास, मेगा, नेपाल एसबिआई, एनसीसी, सेञ्चुरी र सिभिल बैंक रहेका छन् ।

त्यस्तै, समीक्षा अवधिमा एनआईसी एशियाको सबैभन्दा बढी ईपीएस छ भने हिमालयनको सबैभन्दा कम छ । एनआईसी एशियाको प्रतिसेयर आम्दानी ४१.४३ रुपैयाँ र हिमालयनको ११.४७ रुपैयाँ छ ।

त्यस्तै, सेयर आम्दानी बढाउन सिद्धार्थ बैंक बढी आक्रामक देखिएको छ । बैंकले सेयर आम्दानी वृद्धिदर अन्य बैंकको तुलनामा बढी छ । गत वर्ष १४.७१ रुपैयाँ रहेको बैंकको प्रतिसेयर आम्दानी चालु आवको पुस मसान्तसम्ममा बढेर २५.१२ रुपैयाँ पुगेको छ । जुन १०.४१ रुपैयाँले बढी हो ।

सिद्धार्थ पछि सिभिल बैंक सेयर आम्दानी वृद्धि गर्नेमा आक्रामक देखिएको छ । बैंकको उक्त आम्दानी गत वर्षको तुलनामा ६.८३ रुपैयाँले बढेको छ । २०७७ पुस मसान्तमा ४.८३ रुपैयाँ मात्रै रहेको बैंकको प्रति सेयर आम्दानी २०७८ पुसमा ११.६६ रुपैयाँ पुगेको छ । तर, वृद्धिदरमा आक्रमक देखिएपनि समग्रमा उक्त आम्दानी अन्य बैंकको तुलनामा भने कम हो ।

त्यस्तै, २६ वाणिज्य बैंक (राष्ट्रिय वाणिज्य बाहेक) हरुको प्रतिसेयर नेटवर्थ औषतमा १५१.८० रुपैयाँ छ । नेपाल, एभरेष्ट र कृषि विकास बैंकको नेटवर्थ २०० रुपैयाँभन्दा माथि छ भने बाँकीको कम छ । यीमध्ये पनि नेपाल बैंकको सबैभन्दा बढी अर्थात २३८.१२ रुपैयाँ प्रतिसेयर नेटवर्थ छ ।

सेञ्चुरी बैंकको सबैभन्दा कम अर्थात १२१.१९ रुपैयाँ प्रतिसेयर नेटवर्थ छ । कम ईपीएस रहेको हिमालयन बैंकको प्रतिसेयर नेटवर्थ भने १५७.०५ रुपैयाँ छ ।

कसको कति ?

Share News