नारायणहिटी संग्रहालयभित्र रेष्टुरेन्ट निर्माण राेक्न निर्देशन

<p>काठमाडौं । ऐतिहासिक संग्रहालयको रुपमा रहेको नारायणहिटी दरबार संग्रहालयभित्र रेष्टुरेन्ट निर्माणको कार्य तत्कालका लागि रोकिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको निर्देशनमा तत्काल काम रोकिएको हो । नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले मन्त्रालयको निर्देशन अनुसार रेष्टुरेन्ट निर्माण कम्पनीलाई तत्काल काम रोक्न पत्र पठाइएको जानकारी दिए [&hellip;]</p>

काठमाडौं । ऐतिहासिक संग्रहालयको रुपमा रहेको नारायणहिटी दरबार संग्रहालयभित्र रेष्टुरेन्ट निर्माणको कार्य तत्कालका लागि रोकिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको निर्देशनमा तत्काल काम रोकिएको हो ।

नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले मन्त्रालयको निर्देशन अनुसार रेष्टुरेन्ट निर्माण कम्पनीलाई तत्काल काम रोक्न पत्र पठाइएको जानकारी दिए ।

नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिले संग्रहालयको गेटबाट पश्चिमपट्टि रहेको २३ आना जग्गामा रेष्टुरेन्ट सञ्चालनका लागि बतास अर्गनाइजेसन अन्तरगतको बीपीएस लिजिङ एन्ड म्यानेजमेन्ट कम्पनीलाई जिम्मा दिईएको थियो । राजतन्त्र हुँदा राजाले प्रयोग गर्ने गरेको नारायणहिटी दरबारलाई गणतन्त्र आएपछि संग्रहालयमा परिणत गरिएको थियो । नारायणहिटी संग्रहालय परिसरमा निजी क्षेत्रलाई सस्तो भाडादरमा रेष्टुरेन्ट चलाउन दिइएको भन्दै विभिन्न संचार माध्यममा समाचार प्रकाशन भएपनि संग्रहालयको यस्तो प्रतिक्रिया आएको हो ।

संग्राहलयले वतास अर्गनाइजेटसन अन्तरगतको वि म्यानेजमेन्ट प्रालिलाई रेष्टुरेन्ट निर्माणको लागि संरचना बनाउन रोक्नु भन्ने व्यहोराको पत्र लेख्दै आफू अन्तरगतको मन्त्रालयलाई दोष देखाएको छ ।

‘नारायणहिटी दरबार संग्राहलय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा संचालन विकास समिति र त्यस प्रालिबीच सम्झौता भई अगाडि बढेको निर्माण कार्यका सम्बन्धमा संचार माध्यमहरुमा आएका समाचारका कारण विवाद श्रृजना हुन गएकोले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मौखिक आदेश बमोजिम अर्काे आदेश नभएसम्मको लागि निर्माण कार्य तत्काल रोक्न हुन जानकारी गराइन्छ,’ वि म्यानेजमेन्टलाई संग्राहलयले लेखेको पत्रमा भनिएको छ ।

नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन सञ्चालन समितिले प्रतिवर्गमिटर १ सय ५ रुपैयाँमा ३ वर्षका लागि सो जग्गामा रेष्टुरेन्ट सञ्चालनको सम्झौता गरिएको जनाएको छ ।

सरकारले तोकेको सरकारी रेट अनुसार नै भाडादर निर्धारण गरिएको दाहालले बताए ।

संग्रहालयभित्र रेष्टुरेन्ट सञ्चालनका लागि समितिले २०७७ को साउनमा बोलपत्र आह्वान गरेको थियो । पहिलो पटक आह्वान गरिएको बोलपत्रमा कुनै पनि कम्पनीको आवेदन नपरेपछि पुनः द्रोसो पटक बोलपत्र आह्वान गरिएको थियो ।

दोस्रो पटकको बोलपत्रमा बतास एसोसिएट्स प्रालि, होटल आनन्द र विपिएस लिजिङ एण्ड मेनेजमेन्ट प्रालि गरी तीन कम्पनीले आवेदन दर्ता गराएका थिए । तीन कम्पनीले बुझाएको निवेदनका आधारमा विपिएस लिजिङ एण्ड मेनेजमेन्ट प्रालि गरी तीन कम्पनीलाई छनोट गरिएको दाहालले बताए ।

तीन कम्पनीमध्ये बतास गुप्रबाट २ कम्पनीले आवेदन दर्ता गराएका थिए । रेष्टुरेन्ट बनाउने जिम्मा पाएको विपीएस म्यानेजमेन्ट एण्ड लिजिङ कम्पनी अहिले नाम परिवर्तन भएर वि म्यानेजमेन्ट प्रालि भएको हो ।

उनले दरबार संग्रहालयको मर्मतसम्भार र कर्मचारी व्यवस्थापन लगायतका खर्चमा सो रकम प्रयोग हुने बताए । संग्रहालयमा आउने दर्शको मागका आधारमा भित्रै होटल सञ्चालनको अनुमति दिईएको हो ।

‘रेष्टुरेन्टमा जानेहरुसँग संग्राहलयले थप शुल्क लिदैन, अन्तर्राष्ट्रियस्तरमा पनि संग्राहलयभित्र होटल तथा रेष्टुरेन्टहरु सञ्चालन भएका हुन्छन्, हामीले अन्तर्राष्ट्रियस्तरमा देखेर नै दरबार संग्रहालयमा रेष्टुरेन्ट खोल्ने अनुमति दिएका हौं,’ उनले भने ।

बिहान ८ बजेदेखि साँझ ९ बजेसम्म रेष्टुरेन्ट खुला रहनेछ । भित्र सञ्चालन भएको रेष्टुरेन्टबाट संग्रहालयलाई मासिक रुपमा १० लाख रुपैयाँभन्दा बढी आम्दानी हुने उनको दाबी छ ।

विपिएस कम्पनीलाई पहिलो चरणमा पार्किङ पछाडी रहेको भवनमा रेष्टुरेन्ट सञ्चालनको जिम्मा दिइएको छ । सो कम्पनीले आवश्यकताका आधारमा थप जग्गामा अस्थाई भवन निर्माण गर्न सक्ने जनाइएको छ । संग्राहलयको भवनमा मासिक रुपमा २ लाख २१ हजार ६१८ रुपैयाँ भाडा बुझाउने गरी सम्झौता भएको छ ।

Share News