मोटरहेडको आधिकारीक मर्मत केन्द्र धादिङको गल्छीमा, सञ्चालन गर्यो दुई दिने क्याम्प

<p>धादिङ । मोटरहेड ब्राण्डको आधिकारीक वितरक एस एल आर टेक्नो एण्ड टेड प्रा लि ले धादिङको गल्छीमा आधिकारीक मर्मत केन्द्र विस्तार गरेको छ । कम्पनीले आफ्नो सर्भिस विस्तार गर्ने लक्ष्यलाई यर्थाथता प्रदान गर्दै उक्त स्थानमा मर्मत केन्द्र विस्तार गरेको हो । उक्त केन्द्रको उद्घाटन वडा अध्यक्ष राजन श्रेष्ठले मंसिर २८ गते एक समारोह बीच गरेका [&hellip;]</p>

धादिङ । मोटरहेड ब्राण्डको आधिकारीक वितरक एस एल आर टेक्नो एण्ड टेड प्रा लि ले धादिङको गल्छीमा आधिकारीक मर्मत केन्द्र विस्तार गरेको छ । कम्पनीले आफ्नो सर्भिस विस्तार गर्ने लक्ष्यलाई यर्थाथता प्रदान गर्दै उक्त स्थानमा मर्मत केन्द्र विस्तार गरेको हो ।

उक्त केन्द्रको उद्घाटन वडा अध्यक्ष राजन श्रेष्ठले मंसिर २८ गते एक समारोह बीच गरेका हुन् । कम्पनीले सो मर्मत केन्द्र २० वर्ष देखि यसै क्षेत्रमा आवद्ध रमेश मोटरसाइकल वर्कशपका प्रोप्राइटर रमेश श्रेष्ठलाई आधिकारीक्ता प्रदान गरेको हो ।

यो क्षेत्रमा लागेको २० वर्ष भइसक्दा विभिन्न ब्राण्डका वाइकहरुको राम्रो ज्ञान भएको र विगत ५ वर्ष देखि आएको यस मोटरहेड चाण्डका बाइकहरु पनि आफ्नो क्षेत्रमा प्रशस्त देख्न थालेको हुँदा उक्त ब्राण्डसंग आफु आवद्ध भएको श्रेष्ठले बताए ।

हेर्दा नयाँ लुक्स, डिजाइन र फरक सेग्मेन्टमा उपलब्ध यी ब्राण्डका बाइकहरुमा आफ्नो पनि उत्तिकै चासो भएको हुनाले अबका आउने दिनमा यस बाण्डका ग्राहकहरुलाई गणस्तरीय सेवा प्रदान गर्दै हाइवे राइडरहरुलाई सहज रुपमा मोटरहेडका पार्टस पनि उपलब्ध गराउने थप उद्देश्य रहेको बताए ।

कम्पनीले आधिकारीक मर्मत केन्द्रको उद्घाटन गरी मंसिर २८ र २९ गते २ दिने एक्स्चेञ्ज क्याम्प पनि सञ्चालन गरेको छ । जसमा नगद खरीदमा १० हजार रुपैयाँ छुट, फाइनान्समा ७ हजार रुपैयाँ छुट र एक्स्चेञ्ज गर्दा बजार मूल्याकनमा थप १५ हजार रुपैयाँ पाउने सुविधा रहेको छ ।

यसका साथै पार्टस र सर्भिसमा विशेष छटको सुविधा र जुनसकै ब्राण्डका बाइक ल्याउँदा फि-वासको व्यवस्था समेत गरिएको छ । कम्पनीले यस कार्यक्रममा सहभागी हने ग्राहकहरुलाई आकर्षक न्षत को व्यवस्था समेत गरेको छ ।

Share News