काठमाडौं । अटोमोबाइल्स एसोसिएन अफ नेपाल (नाडा) का उपाध्यक्ष करण चौधरीले प्यानलसहित अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । बुधबार राजधानीमा एक समारोहकाबीच चौधरीले अध्यक्षमा उम्मेद्बारीसहित आफ्नो प्यानल घोषणा गरेका हुन् ।
मंसिर २२ र २३ गते हुन लागेको नाडाको निर्वाचन हुँदैछ । नाडाको आगामि कार्यकालका लागि हालका उपाध्यक्ष रहेका चौधरीले १७ जनाको प्यानलसहित उम्मेद्वारी घोषणा गरेका हुन ।
उनले घोषणा गरेको प्यानलमा सुनिल रिजाल, अनुपकुमार बराल, सुरेन्द्रकुमार उप्रेती, विक्रम सिंघानीया, राजनबाबु श्रेष्ठ, अभिक ज्योती र मिलनबाबु मल्ल रहेका छन् ।
यस्तै, पंकज अग्रवाल, प्रकाश कपुरी, निलमणि पाठक, बरदान बस्नेत, निशान ढकाल, गोपाल भट्टराई, राजेन्द्र अग्रवाल, गंगाराज भट्टराई, वर्ण न्यौपाने र देवराज भण्डारी सदस्य रहेका छन् ।
टाटाका सिईओ एवंम नाडाका कार्यसमिति सदस्य राजनबाबु श्रेष्ठले नाडाको अध्यक्षका लागि सहमति हुन नसकेपछि निर्वाचन हुने भएको बताए । ‘हामीले सहमतिमै जोड दिएका थियौँ तर साथीहरू सहमतिमा आउन नसकेपछि निर्वाचन हुन लागेको हो, मलाई विश्वास छ चुनावमा हामी होमिए पनि अध्यक्षसहित पदमा हामीले निर्वाचन जित्छौँ,’ उनले भने ।
नाडाको ४५ औं साधारणसभा तथा नयाँ कार्य समितिको निर्वाचन यही आउँदो मंसिर २२ र २३ गते हुँदैछ । निर्वाचित अध्यक्षसहितको सदस्यले अन्य कार्यसमिती पदाधिकारीहरुको टुंगो लगाउने छ ।
यसअघि नै अर्का अध्यक्षका उम्मेद्वार व्यवसायी ध्रुव थापाले आफ्नो प्यानलसहितको उम्मेद्वारी घोषणा गरिसकेका छन् ।