बजेट आज ४ बजेः वृद्धभत्ता बढ्ने, चर्चामा तलब/भत्ता, यस्ता छन् अन्य प्राथमिकता

<p>काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ काे बजेट आज साँझ ४ बजे  प्रस्तुत गर्ने भएका छन् । विगतका वर्षहरुमा संसदमा प्रस्तुत हुने बजेट यो वर्ष भने प्रधानमन्त्रीको कार्यालयबाट वाचन गरिनेछ । अर्थमन्त्री पौडेलले आजअपरान्ह ४ बजे अध्यादेश मार्फत आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने भएका हुन् । मन्त्रिपरिषदको सिफारिसमा जेठ ८ मा [&hellip;]</p>

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ काे बजेट आज साँझ ४ बजे  प्रस्तुत गर्ने भएका छन् । विगतका वर्षहरुमा संसदमा प्रस्तुत हुने बजेट यो वर्ष भने प्रधानमन्त्रीको कार्यालयबाट वाचन गरिनेछ ।

अर्थमन्त्री पौडेलले आजअपरान्ह ४ बजे अध्यादेश मार्फत आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने भएका हुन् । मन्त्रिपरिषदको सिफारिसमा जेठ ८ मा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि अध्यादेश मार्फत बजेट ल्याउन लागिएको हो ।

अध्यादेशबाट जारी हुने बजेटमा वृद्धभत्ता बढाउने कार्यक्रम हुने छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नै यो कार्यक्रम घोषणा गरिसकेका छन् । यसका साथै कर्मचारीको तलब भत्ता बढ्ने विषयले पनि चर्चा पाएको छ ।

आगामी आर्थिक वर्षको बजेटल कोभिड नियन्त्रण र खोपलाई केन्द्रमा राख्नेछ । त्यसका साथै संघीय संसद र स्थानीय तह निर्वाचनका लागि पनि ठुलो मात्राको रकम विनियोजन हुनेछ ।

अर्थ मन्त्रालयका अधिकारीहरूका अनुसार कोभिड–१९ को नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य पूर्वाधार, खोप खरिद, कात्तिक २६ र मंसिर ३ मा हुने प्रतिनिधिसभा र वैशाखमा हुने स्थानीय तहको निर्वाचन, राहत तथा आर्थिक पुनरुत्थान प्याकेज, वृद्धभत्ता वृद्धिका कार्यक्रमलाई बजेटमा समावेश गरिएको छ ।

स्रोतका अनुसार बजेट १६ खर्ब रुपैयाँ हाराहारीको हुनेछ । बजेटलाई अहिले जारी मन्त्रिपरिषद्मा पेश गरिएको छ । राष्ट्रपतिले प्रमाणीकरण गरिसकेपछि ४ बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण गर्ने छन् । स्रोतका अनुसार करिब १ करोड मात्रा खोप खरिद गर्ने गरी बजेट विनियोजन गरिएको छ ।

निर्माण कार्य सुरु भइसकेका र अध्ययन पूरा भएर आगामी आर्थिक वर्षबाट काम गर्ने गरी झन्डै एक दर्जन सुरुङमार्गमा पनि बजेट विनियोजन गरिएको छ । खासगरी पर्यटन क्षेत्रका उद्यम व्यवसायलाई विभिन्न छुट सुविधा दिने गरी बजेट बनाइएको छ ।

सम्बन्धित सामग्री

अध्यादेशबाट पपुलिष्ट बजेट: वृद्ध भत्ता ५ हजार, तलब भत्ता बढाउनेदेखि दूरसञ्चार कर घटाउनेसम्म

बिहान ७ बजेदेखि मन्त्रालय आएर बजेट भाषणलाई ‘फाइनल टच’ दिँदै अर्थमन्त्री, यस्तो आउने भयो बजेट

 

Share News