बैंककाे ब्याज बढ्ने चिन्ता चट, नागरिकले सस्तोमै गाडी किन्न र घर बनाउन सक्ने

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले घर र गाडी कर्जामा ब्याज बढाउने नपाउने व्यवस्था गरेको छ । राष्ट्र बैंकले मंगलबार एक निर्देशिका जारी गर्दै घर र गाडी किन्नका लागि ऋण लिएका वा लिनेहरुका लागि ब्याज नबढाउन नपाइने व्यवस्था गरेको हो । बैंकले स्थिर व्याजदरको सुविधाको व्यवस्था गरेकोको छ। अब बैंक तथा वित्तीय संस्थाहलरुले घर र गाडी [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले घर र गाडी कर्जामा ब्याज बढाउने नपाउने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले मंगलबार एक निर्देशिका जारी गर्दै घर र गाडी किन्नका लागि ऋण लिएका वा लिनेहरुका लागि ब्याज नबढाउन नपाइने व्यवस्था गरेको हो ।

बैंकले स्थिर व्याजदरको सुविधाको व्यवस्था गरेकोको छ। अब बैंक तथा वित्तीय संस्थाहलरुले घर र गाडी कर्जामा ब्याजदर बढाउन पाइने छैन ।

अब बैंकहरुले नभई व्यक्तिगत ग्राहकले नै ऋण लिँदा स्थिर वा परिवर्तन हुनेगरी छनौट गर्न सक्ने छन्। घर , गाडी किन्न लिएका व्यक्तिगत कर्जाहरु यसमा समावेश हुने छन्

यो व्यवस्था व्यक्तिको नाममा प्रवाह भएका/हुने घर कर्जा गाडी कर्जा लगायतका मासिक वा कुनै पनि आवधिक किस्तामा भुक्तानी हुने गरी प्रवाह गरिएका÷हुने एक वर्ष भन्दा बढी भुक्तानी अवधि भएका कर्जामा लागू हुने निर्देशिकामा उल्लेख छ ।

राष्ट्र बैंकले भनेको छ, ‘ यो निर्देशन जारी हुनुपूर्व मासिक/त्रयमासिक/आवधिक किस्तामा भुक्तानी हुने गरी ब्यक्तिको नाममा प्रवाह भएका घर कर्जा, गाडी कर्जा, लगायतका आवधिक कर्जाको हकमा ग्राहकको अनुरोधमा स्थीर ब्याजदर कायम हुने गरी कर्जाका शर्तहरु परिवर्तन गर्नु पर्नेछ ।’

यो व्यवस्थाको अनुपालनाको लागि कर्जाका शर्त वा भुक्तानी तालिका वा किस्ता रकममा भएको परिवर्तनलाई पुनरतालिकिकरण वा पुनरसंरचना मानिने छैन । कर्जा अबधी भर परिवर्तन नहुने गरी नयाँ कर्जाको लागी तोकिने स्थीर ब्याजद अर्धवार्षिक रुपमा मात्र निर्धारण तथा प्रकाशन गर्नुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ ।

याे ब्यवस्थाले ब्याज मनपरी बढाउने बैंकको प्रवृत्तिको स्वत: अन्त्य हुनेछ । यसअघि बैंक तथा वित्तीय संस्थाहरूले समय समयमा कर्जाकाे ब्याज बढाएर ऋणीलाई अनावश्यक चिन्ता तथा तनाव हुन्थ्याे । राष्ट्र बैंककाे याे व्यवस्थाले अब नागरिकलाई थाेरै भएपनि राहत हुनेछ ।

Share News