बैंकका सीईओलाई गभर्नरको निर्देशन-‘आफू टिक्नुहोस्, अरुलाई टिक्न सघाउनुहोस्’

<p>काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाकाे प्रमुख कार्यकारी अधिकृतहरूलाई सम्बाेधन गर्दै आफू पनि व्यवसायमा टिक्ने र अरुलाई पनि टिकाउने विषयमा सचेत रहन निर्देशन दिएका छन् । उनले केही महिनादेखि करिब रु.दुई खर्बको हाराहारीमा रहेको तरलतालाई अवसरका रुपमा लिन बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुलाई आग्रह गर्दै अहिलेको कठिन परिस्थितिमा आफ्नो कर्जा [&hellip;]</p>

काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाकाे प्रमुख कार्यकारी अधिकृतहरूलाई सम्बाेधन गर्दै आफू पनि व्यवसायमा टिक्ने र अरुलाई पनि टिकाउने विषयमा सचेत रहन निर्देशन दिएका छन् । उनले केही महिनादेखि करिब रु.दुई खर्बको हाराहारीमा रहेको तरलतालाई अवसरका रुपमा लिन बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुलाई आग्रह गर्दै अहिलेको कठिन परिस्थितिमा आफ्नो कर्जा स्रोतको व्यवस्थापन संयमित एवम् जिम्मेवारपूर्ण ढंगले गर्न पनि निर्देशन दिएका छन् ।

बैंक तथा वित्तीय संस्थाहरुसँग अधिक तरलता रहेको र यसलाई समस्या भन्दा पनि सहजताको सूचकको रुपमा लिनुपर्ने कुरामा जोड दिदै तरलता बढेको अवस्थामा कर्जा दुरुपयोग हुन सक्नेतर्फ सजग रहनु पर्ने विचार व्यक्त गरेका छन् ।

पुनरकर्जाको लागि आवेदन लिन बैंक तथा वित्तीय संस्थाहरुले आनाकानी गरिरहेको गुनासो प्राप्त भएको उल्लेख गर्दै गभर्नर अधिकारीले राष्ट्र बैंकले जारी गरेका नीतिगत व्यवस्थाप्रति जिम्मेवार रहन समेत सम्वन्धित सबैलाई आग्रह गरेका छन् ।

गत भदौ २१ सम्म ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामा कुल रु.३,९३८ अर्ब निक्षेप र ती संस्थाबाट रु.३,२५५ अर्ब कर्जा प्रवाह भएको जानकारी गभर्नर अधिकारीले दिए । उनले पछिल्लो समय कर्जा स्रोत परिचालन अनुपात ७२ प्रतिशत रहनुले लगानीका लागि पर्याप्त साधन उपलव्ध भएको तथा बैकिंग क्षेत्रको पुंजी पर्याप्तता अनुपात १५ प्रतिशत र खराब कर्जा अनुपात १.८ प्रतिशत रहेका कारण वित्तीय क्षेत्र स्थायित्व कायम रहेको बताए । तर, कोभिड संक्रमणका कारण वित्तीय क्षेत्रमा परेको दवावलाई यथार्थरुपमा परिसूचकमा प्रतिविम्वित गर्ने जिम्मेवारी बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारीहरुमा रहेकोमा जोड दिए ।

गभर्नर अधिकारीले निर्यातको स्थिरता, आयातमा भएको व्यवस्थापन, चालू खाता घाटामा उल्लेख्य सुधार रहेको बताएका छन् । त्यस्तै, शोधनान्तर स्थिति रु.२८२ अर्बले बचतमा रहेको र विदेशी विनिमय सञ्चिति रु.१४ खर्बभन्दा माथि रहनुले आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुग्न सक्ने अवस्था रहेको उल्लेख गरेका छन् ।

बैंक तथा वित्तीय संस्था नियमन विभागले मंगलबार आयोजना गरेको बैंकिङ तथा वित्तीय क्षेत्रका समसामयिक विषयमा बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुसँग अन्तरक्रियामा बोल्दै गभर्नर अधिकारीको उक्त कुरा बताएका हुन् । बाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुको सहभागितामा वेबिनारमार्फत उक्त कार्यक्रम आयोजना गरिएको हो । उक्त वेबिनारलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले कोभिड–१९ को संक्रमणको अवधिमा समेत मुलुकको समष्टिगत आर्थिक स्थायित्वसंग संवन्धित परिसूचकहरु सकारात्मक रहेका धारणा राखेका छन् ।

कार्यक्रममा बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले स्वागत मन्तव्य राखेका थिए भने सो अवसरमा नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष भुवनकुमार दाहाल, डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष गोविन्दप्रसाद ढकाल र नेपाल वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधरले कोभिड–१९ को महामारीबाट वित्तीय क्षेत्र पनि प्रभावित भएको उल्लेख गर्दै वित्तीय संस्थालाई बचाउन राष्ट्र बैंकले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिए । कार्यक्रममा डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिबराज श्रेष्ठलगायत बैंकका विभिन्न विभागका प्रमुखहरुको समेत सहभागिता रहेको थियो ।

Share News