काठमाडौं उपत्यकामा फेरि एक हप्ता निषेधाज्ञा हुने भएको छ । उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले एक हप्ता निषेधाज्ञा थप्ने निर्णय गरेका हुन् । गृह मन्त्रायलसँग छलफल गरेपछि उनीहरुले निषेधाज्ञा एक हप्ता थपेका हुन् ।
अब काठमाडाैंमा २४ गतेसम्म निषेधाज्ञा नै रहनेछ । निषेधाज्ञामा होटल, रेष्टुरेन्ट, फुटपाथ पसल बन्द हुनेछन् भने बैंक लगायतका सेवाहरु भने खुला नै रहेन छन् ।
निजी क्षेत्रका कार्यालय संचालन तथा अत्यावश्यक सेवा संचालन गर्ने गरी निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने दबाब सबैतिरबाट आएकोले निषेधाज्ञालाई केही खुकुलो बनाइएकाे छ ।
अत्यावश्यक वस्तुका पसल बिहान ११ बजे खुलाउन पाइने
निषेधाज्ञामा अब अत्यावश्यक वस्तुका पसलहरु बिहान ११ बजेसम्म खोल्न पाइने निर्णय गरेको छ । यसअघि सवा ९ बजेसम्म मात्र खोल्न पाइन्थ्यो । अब खाद्य वस्तु, माछा मासु, पानी, फलफुल तरकारी, डेरी लगायतका पसल बिहान ११ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।
उद्योग कलकारखाना पनि खोल्न पाउने
काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञामा अब उद्योग कलकारखाना पनि खोल्न पाउने निर्णय गरेका छन् । उद्योग कलाकार खानामा काम गर्ने कर्मचारी, कामदारहरुका लागि सम्बन्धित उद्योगले नै परिसर भित्र क्वारेन्टाइन बनाउनु पर्ने भएको छ भने उनीहरुको स्वास्थ्य सुरक्षाका लागि आवश्यक स्वास्थ्य मापदण्डहरु पुरा गरेर काम गर्नु पर्ने बताइएको छ ।
यस्तै त्यसको अनुगमन भने जिल्ला कोभिड व्यवस्थापन केन्द्रले गर्नुपर्ने उल्लेख गरेको छ । यस्तै निषेधाज्ञामा विकास निर्माण सम्बन्धि पसल व्यवसायमा प्रयोग हुने सवारी साधन पनि दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन गर्न सकिने बताइएको छ ।
[pdf id=235298]