खतिवडालाई राष्ट्रियसभामा मनोनित गर्ने कि नगर्ने ? आज छलफल हुँदै, खतिवडा अनुपस्थित

<p>काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरु भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले मन्त्रिपरिषद् बैठक शुरु भएको जानकारी गराएका हुन् । आजको मन्त्रिपरिषद् बैठकले विभिन्न विषयमा निर्णय तथा छलफल गर्ने बुझिएको छ । आजको बैठकमा कोरोना भाइरसका सम्बन्धमा सरकारले गरेका काम कारबाहीका विषयमा समेत छलफल हुने पनि बताइएको बताइएको छ । [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरु भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले मन्त्रिपरिषद् बैठक शुरु भएको जानकारी गराएका हुन् ।

आजको मन्त्रिपरिषद् बैठकले विभिन्न विषयमा निर्णय तथा छलफल गर्ने बुझिएको छ । आजको बैठकमा कोरोना भाइरसका सम्बन्धमा सरकारले गरेका काम कारबाहीका विषयमा समेत छलफल हुने पनि बताइएको बताइएको छ ।

यस्तै, स्रोतका अनुसार आजको मन्त्रिपरिषद् बैठकमा राष्ट्रियसभामा रिक्त रहेको एक पदका लागि मनोनित गर्ने विषयमा समेत छलफल हुनेछ ।

भदौ २० गते अर्थमन्त्रीको कार्यकाल सकिँदैछ । २० गतेसम्ममा उनलाई संघीय संसद्को सदस्य नबनाइएमा संवैधानिक प्रावधान अनुसार उनी स्वतः अर्थमन्त्रीबाट मुक्त हुनेछन् । त्यस कारणले पनि आजको बैठकमा सोही विषयमा छलफल हुने बताइएको छ ।

आजको मन्त्रिपरिषद् बैठकमा खतिवडाकाे विषयमा छलफल हुने भएकाेले आजको बैठकमा उनी अनुपस्थित भएको बताइएकाे छ । उनको विषयमा छलफल हुने भएकोले पनि उनी  अनुपस्थित भएकाे हुन सक्ने स्राेत बताउँछ । 

हिजो मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले एक टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता दिँदै खतिवडा दोहोरिन सक्ने संकेत दिएका थिए । त्यसका साथै आजको बैठकले विभिन्न सार्वजनिक संस्थानहरुमा विभिन्न व्यक्तिलाई नियुक्त गर्ने समेत निर्णय गर्नेछ ।

Share News