एनआईसी बैंककाे नयाँ क्युआर रिफर गर्दा प्रतिव्यक्ति ७५० रुपैयाँ पाइने

<p>काठमाडौं । एनआईसी एशिया बैंकले नयाँ क्युआर मर्चेन्ट रिफर गर्दा नगद पुरस्कार दिने ‘ क्युआर रिफर एण्ड अर्न’ योजना ल्याएको छ । बैंकका क्युआर मर्चेन्ट तथा ग्राहकहरूले भाद्र र आश्विन महिनाभर उक्त योजनामा सहभागी हुन सक्नेछन् । यस योजना अन्तर्गत बैंकसँग रहेका क्युआर मर्चेन्ट एवं ग्राहकहरुले उक्त २ महिनाको अवधीमा नयाँ क्युआर मर्चेन्ट रिफर गरी उक्त [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया बैंकले नयाँ क्युआर मर्चेन्ट रिफर गर्दा नगद पुरस्कार दिने ‘ क्युआर रिफर एण्ड अर्न’ योजना ल्याएको छ । बैंकका क्युआर मर्चेन्ट तथा ग्राहकहरूले भाद्र र आश्विन महिनाभर उक्त योजनामा सहभागी हुन सक्नेछन् ।

यस योजना अन्तर्गत बैंकसँग रहेका क्युआर मर्चेन्ट एवं ग्राहकहरुले उक्त २ महिनाको अवधीमा नयाँ क्युआर मर्चेन्ट रिफर गरी उक्त नयाँ क्युआर मर्चेन्टले यस योजना अवधिमा बैंकमा चालु खाता खोलेर क्युआरमा आवद्ध भएमा रिफर गर्ने क्युआर मर्चेन्ट एवं ग्राहकहरुलाई बैंकले प्रति रिफर मर्चेन्ट ७५० खुद रकम प्रदान गर्नेछ ।

साथै सो २ महिनाको अवधिमा सबैभन्दा बढी नयाँ मर्चेन्ट रिफर गरी क्युआर मर्चेन्टहरू बैंकमा आवद्ध गराउने १० जनालाई थप ५० हजार रकम प्रदान गरिने समेत व्यवस्था गरिएको बैंकले जनाएकाे छ ।

 

Share News