भारतबाट लगानीकर्तालाई नेपाल ल्याउन भारतीय दुतावासको आग्रह

<p>काठमाडौं । नेपाल परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपालमा लगानीको वातावरण बन्दै गएको परिप्रेक्षमा भारतबाट लगानीकर्ताहरुलाई नेपाल ल्याउन दुतावासलाई आग्रह गरेका छन् ।  परिसंघका पदाधिकारीहरु तथा नेपालका लागि मित्रराष्ट्र भारतका चार्ज डे अफेयर्स डा. अजय कुमार बीच मंगलबार भारतीय दूतावासमा भएकाे भेटघाट एवं छलफलमा माेरले साे कुरा बताएका हुन् । साथै, अध्यक्ष मोरले नेपालले मनाई रहेको [&hellip;]</p>

काठमाडौं । नेपाल परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपालमा लगानीको वातावरण बन्दै गएको परिप्रेक्षमा भारतबाट लगानीकर्ताहरुलाई नेपाल ल्याउन दुतावासलाई आग्रह गरेका छन् ।  परिसंघका पदाधिकारीहरु तथा नेपालका लागि मित्रराष्ट्र भारतका चार्ज डे अफेयर्स डा. अजय कुमार बीच मंगलबार भारतीय दूतावासमा भएकाे भेटघाट एवं छलफलमा माेरले साे कुरा बताएका हुन् ।

साथै, अध्यक्ष मोरले नेपालले मनाई रहेको भ्रमण वर्ष २०२० लाई सफल बनाउन भारतीय पर्यटकहरुलाई नेपाल भित्र्याउन दूतावासलाई पहल गर्न समेत आग्रह गरेका थिए ।

चार्ज डे अफेयर्स डा. अजय कुमारले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन भारतमा यसको प्रचार–प्रसारलाई अझै तिब्र बनाउन आवश्यक रहेको जनाउँदै स्थलमार्गबाट नेपाल आउने भारतीय पर्यटकहरुलाई सरलिकृत व्यवस्था भए भारतबाट नेपाल आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुन सक्ने बताए ।

विराटनगरम आइसिपि निर्माण सम्पन्न भई प्रयोगमा आउने अवस्थामा रहेको जानकारी गराउदै भारत नेपालमा लागनी बढाउन तथा यहाँको अन्तर्राष्ट्रिय व्यापारको सहजिकरण गर्न सधैँ तयार रहेको उल्लेख गरेका छन् ।

Share News