निर्यात वृद्धि गर्न ‘निर्यात केन्द्र’ खोलिँदै, अर्थमन्त्री भन्छन–‘वस्तु निर्यातमा कसैले घुस मागे मलाई सम्पर्क गर्नुस्’

<p>काठमाडाैं । अर्थमन्त्री डा.युवराज खडिवडाले वस्तु निर्यात वृद्धि गर्न निर्यात केन्द्र खोलिने बताएका छन् । मंगलबार काठमाडौंमा नेपाल निर्यात परिषदले आयोजना गरेको चौथो निर्यात दिवसमा बोल्दै उनले लामो समयदेखि वस्तु व्यापार घाटा भएकोले निर्यात बढाउन निर्यात केन्द्र खोलिने बताएका हुन् । उनले कार्यक्रममा नियमित वस्तु व्यापार घाटा आफ्नो टाउको दुखाईको विषय बनेकोसमेत बताए । ‘सरकारले व्यापार [&hellip;]</p>

काठमाडाैं । अर्थमन्त्री डा.युवराज खडिवडाले वस्तु निर्यात वृद्धि गर्न निर्यात केन्द्र खोलिने बताएका छन् । मंगलबार काठमाडौंमा नेपाल निर्यात परिषदले आयोजना गरेको चौथो निर्यात दिवसमा बोल्दै उनले लामो समयदेखि वस्तु व्यापार घाटा भएकोले निर्यात बढाउन निर्यात केन्द्र खोलिने बताएका हुन् ।

उनले कार्यक्रममा नियमित वस्तु व्यापार घाटा आफ्नो टाउको दुखाईको विषय बनेकोसमेत बताए । ‘सरकारले व्यापार घाटा घटाउन र निर्यात घटाउन करको दायरा बढायो, नेपालको व्यापार घाटा कम गर्न सरकार काम गरि रहेको छ ।’ उनले भने ।

आयातित वस्तु भएपनि २० प्रतिशत मूल्य वृद्धि हुने वस्तु सरकारले आयात गरेर निर्यात गर्न दिरहेको उनकाे भनाइ छ । सानाे बजार भएको वस्तुको उत्पादन वृद्धि गरेर मात्रै नेपालको व्यापार घाटा घटाउन नसकिने उनकाे भनाइ छ। त्यसैले विश्व बजारमा धेरै माग भएको वस्तु उत्पादन जोडमा उनले धारणा राखे ।

‘वस्तु निर्यातमा कसैले घुस माग्यो भने भन्नुस, हामी कार्वाही गर्छौ, उद्याेग स्थापना गर्न कानुनको सहज बनाइँदै छ । उनले भने ।

नेपाल चेम्बर अफ कमर्सकमा अध्यक्ष राजेश काजी श्रेष्ठले निर्यात दिवस कार्यक्रममा मात्र सिमित भएकाे गुनासाे गरे । उनले वस्तु निर्यातमा केही परिवर्तन नभएकाे बताए । । नेपालबाट विदेश निर्यात गर्दा सहज र सरल बनाउनु पर्ने उनकाे भनाइ छ ।

कार्यक्रममा उद्याेग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले पछिल्लो समय पाम आयालले निर्यात व्यापार घाटा कम देखिए पनि नेपाली बजार व्यापार घाटामा नै रहेकाे बताए । अब व्यापार घाटा कम गर्न विस्तृत छलफल गर्नु पर्ने उनकाे धारणा छ ।

Share News