घरेलु लघुवित्तको अध्यक्षमा आङ देण्डी शेर्पा, आजै शपथ ग्रहण

<p>काठमाडौं । राष्ट्रिय स्तरको घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा आङ देण्डी शेर्पा चयन भएका छन् । संस्थाको १५औं सञ्चालक समितिको बैठकले शेर्पालाई सर्वसम्वत रुपमा अध्यक्षपदमा चयन गरेका हुन् । नवनियुक्त अध्यक्ष शेर्पाले नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तिय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल समक्ष शपथ ग्रहण गरेका छन् । शपथ ग्रहण कार्यक्रममा [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय स्तरको घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा आङ देण्डी शेर्पा चयन भएका छन् । संस्थाको १५औं सञ्चालक समितिको बैठकले शेर्पालाई सर्वसम्वत रुपमा अध्यक्षपदमा चयन गरेका हुन् ।

नवनियुक्त अध्यक्ष शेर्पाले नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तिय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल समक्ष शपथ ग्रहण गरेका छन् ।

शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका का.मु. निर्देशक विरेन्द्र दत्त अवस्थी, उपनिर्देशक पञ्चलक्ष्मी मानन्धर, सहायक निर्देशक महेश कुमार जोशि साथ संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद अधिकारीको उपस्थित थियो ।

यस संस्थाले स्थापनाको छोटो समयमा नै ११ जिल्लाहरुमा १३ शाखा कार्यालयहरु स्थापना गरी विगत १० महिनादेखि लघुवित्त सेवा प्रदान गर्दै आईरहेको छ । संस्थाले २०७६ मंसिर मसान्तसम्ममा लगभग ४ हजार ६ सय घरपरिवारहरुमा सेवा विस्तार गर्दै २१ करोडभन्दा बढी लगानी गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद अधिकारीले जानकारी दिएका छन् ।

Share News