
काठमाडौं । सेभेन सिजएजुकेशन कन्सल्टेन्शीमा परामर्श लिन आउने विद्यार्थीहरुले घर तथा कार्यालयको मर्मत सम्भारमा विशेष छुट पाउने भएका छन् । उच्च शिक्षाका लागि कुशल मार्गदर्शन गर्दै आईरहेको सेभेन सिजएजुकेशन कन्सल्टेन्शी र मर्मत सम्भार सम्बन्धि कार्य गर्दै आइरहेको हेरचार डटकमबीच सम्झौता भएसँगै विद्यार्थीहरुलाई सेवा शुल्कमा विशेष छुट पाउने भएका छन् ।
सम्झौता अनुसार सेभेन सिजएजुकेशन कन्सल्टेन्शीमा परामर्श लिन आउने विद्यार्थीहरुको घर तथा कार्यालयहरुमा आवश्यक पर्ने धारा, पानी बिजुली, कार्पेन्ट्री तथा अन्य मर्मत सम्भारमा हेरचारले सेवादिने तथा सो वापत लिने सेवा शुल्कमा विषेश छुट पाउने हेरचारका प्रबन्धक उत्सव भट्टराईले बताएका छन् । सम्झौतामा सेभेन सिजएजुकेशन कन्सल्टेन्शीका तर्फबाट सेभेन सिजका प्रमुख क्षितिज कोईराला र हेरचारकातर्फबाट प्रवन्धक उत्सव भट्टराईलेले हस्ताक्षर गरेका छन् ।
कुमारीपार्टीमा केन्द्रिय कार्यलय रहेको सेभेन सिजएजुकेशन कन्सल्टेन्शीले विगत ५ वर्षदेखि उच्च शिक्षाका लागि कुशल मार्गदर्शन गर्दै आईरहेको छ । त्यस्तै, हेरचार डटकम विगत डेड वर्षदेखि मर्मत सम्भार सम्बन्धि कार्य गर्दै आइरहेको छ ।