
काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड हेटौंडा शाखाको आयोजनामा आधारभुत निर्जीवन बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनीले प्रदेश नं. २ र ३ लाई समेट्ने गरि पुस १७ गतेदेखि १९ गतेसम्म हेटौडाको टि. सी. एनमार्गमा उक्त तालिम सम्पन्न गरेको हो ।
तालिमको अवसरमा अजोड इन्स्योरेन्सका सहायक महाप्रबन्धक अनिलकुमार अर्यालले बीमाको परिचय, बीमा व्यवसायको वर्तमान अवस्था र चुनौतिदेखि यस क्षेत्रको विकास र विस्तारमा बीमा अभिकर्ताले निर्वाह गर्नुपर्ने भुमिका र बीमाका विभिन्न पोर्टफोलियोको बारेमा प्रशिक्षण प्रदान गरेका थिए ।

त्यस्तै गरि कम्पनीका नायब प्रबन्धक यादव प्रसाद पाठकले आधारभुत निर्जीवन बीमाको साथै कृषि बीमाको बारेमा प्रकाश पारेका थिए ।
अजोड इन्स्योरेन्सको आधाभुत निर्जीवन बीमा अभिकर्ताको तालिममा २३ जना अभिकर्ताहरुको सहभागीता रहेको थियो । साथै, सहजिकरणको कार्य हेटौंडा शाखाका कर्मचारी तथा केन्द्रिय कार्यालय मानव संसाधन तथा प्रशासन विभागकी उषा बस्नेतले गरेकी थिइन् ।