काठमाडाैं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सार्वजनिक सवारी साधनमा हुने समस्यालाई मध्येनजर गर्दै सात दिनभित्र कार्यान्वयन हुने १९ बुँदे प्रतिवद्दता जारी गरेकाे छ । महाशाखाले सवारी साधनमा हुने समस्या तथा अनियमिततालाई समाधान गर्न आइतबार १९ बुँदे प्रतिबद्दता पत्र जारी गरेकाे हाे ।
महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले पुस १७ गते भाडाका गाडीहरूमा अनुगमन गरेकाे थिए । साेही अनुसार २० गतेकाे सयुंक्त बैठकले एक हप्ताभित्र कार्यान्वयन हुने गरी १९ बुँदे प्रतिबद्दता पत्र जारी गरेकाे हाे ।
प्रतिबद्दता पत्रमा ताेकेकाे भाडामात्र दिने, ढाेका खुल्ला गरी नचलाउने, अारक्षण सिटकाे पालना गर्ने, सीटकाे अवस्था ठीक राख्ने, गाडीकाे रंग राेगन राख्ने प्रतिबद्दताहरू छन् । यस्तै, क्षमताभन्दा बढी यात्रु नबाेक्ने, चालकले यात्रुसँग अनावश्यक कुरा नगर्ने लगायतका प्रतिबद्दता पत्रहरू रहेका छन् ।